Monday, December 18 , 2017| सोमबार, पौष ३, २०७४ |
सेलेना गोमेज र दि विकेन्डको ब्रेकअप
बिहीबार, कार्तिक १६, २०७४ १०:१७:०७ | Comments

२ नोभेम्बर, न्यूयोर्क । सेलेना गोमेज र दि विकेन्डको जोडी छुट्टिने भएको छ । गत जनवरी देखि प्रेम सम्बन्धमा रहेका यी दुई सेलिब्रेटी अब आ(आफ्नै बाटो हिड्ने भएका हुन् ।दुईबीचको दुरी टाढा हुँदै गएका कारण उनीहरू छुट्टिन आँटेको श्रोतलाई उद्धृत गर्दै सञ्चार माध्यमले जनाएका छन् ।

उनीहरूबीच ब्रेकअप गर्ने कुरा गत गर्मीयामबाटै सुरु भएको बताइएको छ । सांगीतिक कार्यक्रमका लागि युरोप भ्रमणमा रहेका विकेन्डले गोमेजलाई पर्याप्त समय दिन सकेका थिएनन् । गोमेज कहिलेकहीँ युरोपमै पनि विकेन्डका कार्यक्रममा देखा पर्दै आएकी थिइन् । गोमेजको न्युयोर्कमा सुटिङ सुरु भएपछि उनीहरू झन टाढिँदै गएका थिए ।

यद्यपी उनीहरू अझै सम्पर्कमा रहिरहेको र उनीहरूले साथीका रुपमा सम्बन्धलाई अघि बढाइरहने बताइएको छ । गोमेज र उनका पूर्व प्रेमी जस्टिन बिबर फेरि सँगै देखिएपछि गोमेज र विकेन्डको ब्रेकअप भएको हो । गोमेज र बिबरलाई गत केही दिन यता सँगसँगै देखिएको थियो । तर, उनीहरूको ब्रेकअपमा बिबरको कति हात छ त्यो भने बाहिर आएको छैन ।
 
प्रतिकृया दिनुहोस