Monday, December 18 , 2017| सोमबार, पौष ३, २०७४ |
टान निर्वाचनमा बामगठबन्धनको नवराज दाहाल समूह विजयी (मतसहित)
सोमबार, कार्तिक १३, २०७४ ००:००:०० | Comments

 

taan

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को भर्खरै सम्पन्न मतगणना अनुसार बामगठबन्धनको नवराज दाहाल नेतृत्वको समूह विजयी भएको छ ।
तीव्र प्रतिस्पर्धामा देखिएको अध्यक्ष पदमा १८ मतान्तरसहित दाहालले जित हाँसिल गरेका हुन् । कुल ११८६ मत मध्ये ७२७ मत खसेकोमा दाहाललाई ३३१ मत  प्राप्त भयो । उता, लोकतान्त्रिक समुहबाट उम्मेद्वार बनेका लम्साललाई भने ३१३ मात्र प्राप्त भयो । यता, स्वतन्त्र उम्मेद्धार नुरु जांबु शेर्पाले ५० मत प्राप्त गरेका छन् ।
टान निर्वाचन समितिकाअनुसार अध्यक्षसहित अधिेकांश पदाधिकारीहरु दाहाल समूहले कब्जा गरेको छ । प्रथम उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र ६ जना कार्यसमिति सदस्यमा पनि दाहाल समूहबाट विजयी भएका छन् । यता लोकतान्त्रिक समुहबाट भने बरिष्ठ उपाध्यक्ष , द्धितीय उपाध्यक्ष र महिला सदस्य र अन्य २ सदस्य पद जित्न सफल भएको छ ।
विजयी भए लगत्तै संक्षिप्त प्रतिकृया दिदै नव निर्वाचित अध्यक्ष नवराज दाहालले यो जित व्यक्तिको नभइ समग्र व्यवसायीहरुको भएको र अबका दिनमा व्यवसायीकै हीतका लागि काम हुने बताए । त्यस्तै, नवनिर्वाचित कोषाध्यक्ष रामकृष्ण तिमल्सिनाले टानलाई आर्थिक समृद्धितिर लैजाने जिम्मेवारी आम व्यवसायीले आफूलाई दिएको भन्दै व्यवसायीको म्यान्डेट अनुरुप काम गर्ने बताए ।
टानको ३९औ वार्षिक साधारणसभा तथा निर्वाचन ह्यात होटलमा सम्पन्न भएको थियो । दिउँसो १ बजेबाट सुरु भएको निर्वाचन साँझ ५ बजे सकिएको थियो भने राति नौ बजेबाट सुरु भएको मत गणना विहान २ बजे सम्पन्न भएको थियो ।

हेर्नुस् मतान्तरः

(अध्यक्ष):

नवराज दाहाल –331 विजयी
मोहन लम्साल–  313
नुरुजाङ्बु शेर्पा (स्वतन्त्र)– 50

(वरिष्ठ उपाध्यक्ष):
पूर्ण चन्द्र भूषाल –328
खुम बहादुर केसी –359 विजयी

(प्रथम उपाध्यक्ष):
जीवन थापामगर –408विजयी
बाबुकाजी सिटौला –280

(द्धितिया उपाध्यक्ष):
ऋषि प्रसाद नेपाल –319
निलहरी बास्तोला –364 विजयी

(महासचिव):
आङ पेम्बा शेर्पा – 377 विजयी
चेवन देवकोटा – 325

(सचिव):
सुजन लामिछाने –359 विजयी
चोलेन्द्र बहादुर कार्की – 330

(कोषाध्यक्ष):
रामकृष्ण तिमल्सिना –342विजयी
सुवास केसी –339

(सह-कोषाध्यक्ष):
तारा राना –385 विजयी
किरण धरेल –282

(महिला सदस्य):
कविता लामिछाने –261
ऋतु ग्याम्दान –417 विजयी

(सदस्य):
रविन्द्र अधिकारी –371 विजयी
राजन प्रसाद काप्री –342 विजयी
गोपाल श्रेष्ठ –363 विजयी
जीवन लामा –375 विजयी
बाबुराम गुरुङ –362 विजयी
सुक बहादुर लामा –340 विजयी

शेर बहादुर परियार –334 विजयी
जंग बहादुर लामा –343 विजयी
हरि शरण खरेल –264
हर्क बहादुर गुरुङ –320
कुल प्रसाद सुवेदी –275
सरोज कट्टेल –268
तपन राज भण्डारी –273
सुर्य बहादुर थापा –304
नामग्याल जाङबु शेर्पा –322
आङबाबु शेर्पा –323

प्रतिकृया दिनुहोस