Monday, December 18 , 2017| सोमबार, पौष ३, २०७४ |
एड शिरन दुर्घटनामा परे, सांगीतिक कार्यक्रमहरु अनिश्चित
बिहीबार, कार्तिक २, २०७४ ००:४६:५० | Comments

१८ अक्टोबर, न्यूयोर्क । म्युजिक स्टार एड शिरनले आफू साइकल दुर्घटनामा परेको खुलासा गरेका छन् । शिरनले इन्स्टाग्राम  मार्फत आफ्ना फ्यानहरुलाई साइकल दुर्घटनाको बारेमा जानकारी दिएका हुन् ।

लण्डनमा आफूलाई कारले ठक्कर दिएको शिरनले खुलासा गरे । अहिले आफू स्वास्थ्य परामर्श लिने क्रममा रहेको शिरनले  बताए ।उनले इन्स्टाग्राममा दायाँ हातमा पट्टी बाँधेको फोटो पनि शेयर गरेका छन् । ‘थप जानकारकिा लागि प्रतिक्षा गर्नुहोला ।’ शिरनको इन्सटाग्राम पोस्टमा लेखिएको छ । गत शुक्रबार राती उनले इन्स्टाग्राममै बियरको ठूलो ग्लाससँग फोटो शेयर गरेका थिए । यसअनुसार उनको दुर्घटना शनिबार वा आइतबार भएको हुनसक्ने अनुमान गरिएको छ ।

यस दुर्घटनापछि उनका सांगीतिक कार्यक्रमहरु हुने नहुने अनिश्चित बनेका छन् । उनले प्रायः गिटार बजाउने दायाँ हातमा चोट लागेका कारण उनका कार्यक्रम स्थगित हुने आशंका बढेको हो ।उनी आगामी २२ अक्टोबरदेखि एशियाको भ्रमणमा निस्किदैछन् । २२ अक्टोबरमा ताइवानको राजधानी ताइपेईमा हुने कार्यक्रम पछि उनी ओसाका, सिउल, टोकियो र हङकङमा सांगीतिक प्रस्तुति दिने कार्यक्रम रहेको छ ।

उनले नोभेम्बरसम्म फिलिपिन्स, थाईल्याण्ड, मलेशिया, इण्डोनेशिया, सिङगापुर, भारत र दुबईको भ्रमण सक्ने कार्यक्रम छ । तर, कार्यक्रम तोकिएकै मितिमा हुने नहुने भन्ने विषयमा शिरनको व्यवस्थापनले केहि प्रतिक्रिया दिएको छैन ।
 

प्रतिकृया दिनुहोस