Monday, December 18 , 2017| सोमबार, पौष ३, २०७४ |
टानको सक्रियतामा लाङटाङ पुनर्निर्माण सम्पन्न
बुधबार, आश्विन २५, २०७४ ००:००:०० | Comments

 

 

taan langtanaa

काठमाडौं । ट्रेकिङ्ग एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)ले लाङटाङ क्षेत्रका पदमार्गहरु मर्मत गर्ने, फराकिलो बनाउने र ट्रस ब्रीज निर्माण गर्न कार्य सम्पन्न गरेको छ ।
गोर्खा भूकम्पले क्षतिग्रस्त सो क्षेत्रको पुनर्निर्माणका लागि संघले जर्मन अल्पाईन क्लब (डीएभी)का सदस्हरुबाट संकलित चन्दाबाट प्राप्त भएको एक लाख युरो बराबरको आर्थिक सहयोग र त्यसमा आफ्नो आन्तिरिक श्रोतबाट थप दश प्रतिशत रकम गरी कूल १ करोड २७ लाख रकममा सो क्षेत्र पुनर्निर्माण गरेको हो ।
रेस्ट्रोशेन अफ् ट्रेकिङ एण्ड ट्रान्सपोर्टेशन ट्रेल इन लाङटाङ भ्याली नामक यस परियोजना संचालनका लागि डिएभी, टान र एलएमआरसी बीच अप्रिल २०१६ मा त्रिपक्षीय संझौता भएको थियो । सो सम्झौतामा टानको तर्फबाट प्रथम उपाध्यक्ष तेज बहादुर गुरुङ, एलएमआरसीका तर्फबाट यसका अध्यक्ष तेम्बा लामा र डिएभीको तर्फबाट संयोजक गुनार अमोरले हस्ताक्षर गरेका थिए ।

taan langtana
परियोजनाका सम्पूर्ण गतिविधिहरु विभिन्न ५ भागमा विभाजन गरी प्रत्येक भागमा छुट्टाछुट्टै उपभोक्ता समिति मार्फत निर्माण र मर्मत कार्य सम्पन्न गरिएको थियो । यस अन्तरगत सबैभन्दा लामो भाग शेर्पागाउंदेखि घोडातबेला सम्मको भागमा पदमार्ग मर्मत, चौडा गर्ने, सिडी निर्माण गर्ने तथा पहिरोमा ग्याविन राख्ने एवं स्याल्याब राख्ने कार्यक्रम सम्पन्न भएको थियो । अर्को भाग लाङटाङ खोला पुल देखि रिम्चे सम्मको भाग बढी प्रभावित भएकोले पदमार्गमा ग्याविन राखी पहिरो र बाडीको प्रभाव कम गर्न र सिडी निर्माण कार्य गरिएको थियो । त्यस्तै, लाङटाङ उपत्यकाको घोडा तबेला देखि क्यान्जिङ गुम्बा सम्म विग्रे भत्किएका पदमार्ग मर्मत गर्ने र हिम पहिरोबाट छोपिएको लाङटाङ गाउं नजिकको पहिरो सफा गरी पदमार्ग खोल्ने कार्यक्रम सम्पन्न भएको थियो । त्यसैगरी पहिरो र बाम्बु विचको भागमा पहिरोहरुमा बाटो खोल्ने, चौडा गर्ने र सिडि निर्माणको काम सम्पन्न भएको थियो ।

taan langtang
यस परियोजनाको महत्वपूर्ण कामको रुपमा पहिरोले दीर्घकालिन जोखिम सिर्जना गरेको छुनाम र घोडातबेला बीचको भागमा डाइभर्सन गरी पदमार्ग तयार गर्न समुन्द्री सतहदेखि २८५४ मिटरको उचाईमा रहेको छुनाममा ३२ मिटर लामो टे«ल ट्रस ब्रीज निर्माण गरिएको छ ।
टानको कार्यसमितिको तर्फबाट संघका प्रथम उपाध्यक्ष तेजबहादुर गुरुङ परियोजनाको संयोजक थिए भने संघका प्रशासन तथा मानवसंसाधन व्यवस्थापक मछिन्द्र आचार्य परियोजनाको व्यवस्थापक रहेका थिए ।
उक्त ब्रीज उद्घाटन कार्यक्रममा डिएभीको १३ सदस्यीय प्रतिनिधि मण्डल सहभागी भएको थियो जसमा विभिन्न जर्मन संचार माध्यमका ८ संचारकर्मीहरु पनि सहभागी थिए । उक्त उद्घाटन कार्यक्रममा टानको तर्फबाट महासचिव कर्ण बहादुर लामाको नेतृत्वमा परियोजना व्यवस्थापक मछिन्द्र आचार्य, फाईनान्स अफिसर शुसिल राज खत्री, संघकी कम्युनिकेसन अफिसर सुविना मानन्धर, फोटोग्राफर, भिगियोग्राफर सहित ५ सदस्यीय टोली सहभागी भएको थियो ।

प्रतिकृया दिनुहोस