Saturday, October 21 , 2017| शनिबार, कार्तिक ४, २०७४ |
नेपाल मगर पर्यटन समाजको नयाँ नेतृत्वमा अनुप थापा मगर
मंगलबार, आश्विन २४, २०७४ ००:००:०० | Comments

काठमाडौँ, २४ असोज । नेपाल मगर पर्यटन समाजको छैठौँ वार्षिक साधारणसभाबाट अनुप थापा मगरको नेतृत्वमा नयाँ कार्यसमिति चुनिएको छ । सोमबार ठमेलको भोजन भुमिमा  आयोजित समाजको छैठौँ साधारणसभा तथा विजय दशमी तथा शुभ दिपावलीको शुभकामना आदान प्रदान कार्यक्रमबाट उक्त नेतृत्व चयन भएको हो ।

माननीय सिँचाई राज्यमन्त्री अमर सिँह पुन मगर प्रमुख अतिथि रहनुभएको  कार्यक्रमको अध्यक्षता नेपाल मगर पर्यटन समाजका अध्यक्ष अरुण थापा मगरले गर्नु भएको थियो । कार्यक्रममा बोल्दै पुनले देशको सिङ्गो अर्थतन्त्रमा योगदान दिने पर्यटन क्षेत्रमा लाग्ने व्यवसायीहरुलाई बधाई दिदैँ यसको विकास र प्रवर्धन आफ्नो तर्फबाट सक्दो भुमिका खेल्ने बताउनु भएको थियो ।

कार्यक्रममा मेगासेसे पुरस्कार विजेता राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महाविर पुन मगर, नेपाल मगर संघका विदेश सचिव रक्षा बहादुर रैका मगर, वरिष्ठ अधिवक्ता गौ बहादुर आले मगर, नेपाल मगर पर्वतारोहण संघका महासचिव कुल बहादुर गुरुङ, ट्रेकिङ एजेन्सिस एशोसियन नेपालका अध्यक्ष चन्द्र रिजाल, मगर्स क्रियशन कम्पनीका सिइओ आशिर्वाद पुन मगर लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमको पहिलो सत्र प्रमुुख अतिथिज्युबाट पानसमा दिप प्रज्वलन गरि औपचारिक रुपमा कार्यक्रम शुरु गरिएको थियो ।  दोश्रो चरणको बन्दसत्रमा महासचिव तथा सहकोषाध्यक्षले प्रस्तुत गर्नु भएको सांगठनिक तथा आर्थिक प्रतिवेदन पास गरि पुरानो समिति विघटन गरिएको थियो । साथै समाजलाई योगदान पुर्याउने विभिन्न व्यक्ति तथा संघसंस्थाहरुलाई सम्मान समेत गरिएको थियो । त्यसैगरि राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गर्ने घोषणा समेत गरिएको थियो ।

सभाबाट सर्वसम्मत रुपमा चुनिएको नयाँ कार्यसमितिमा अध्यक्ष अनुप थापा मगर,  प्रथम उपाध्यक्ष  राजकुमार थापा मगर,  द्वितिय उपाध्यक्ष सर्वजित अस्थानी मगर, महासचिव जीवन थापा मगर,  सचिव  महेश बूढा मगर,  कोषाध्यक्ष  कर्ण राना मगर छन् भने  सदस्यहरुमा जितेन्द्र झाँक्रि मगर, तिर्थराज खपाङ्गी मगर, राम थापा मगर, डेम पुन मगर, टिका माया थापा मगर र बिन्दु थापा मगर छन् । कार्यक्रमको अन्तमा विघटित समितिका अध्यक्षद्घारा नयाँ गठित समितिलाई सफल कार्यकालको लागि बधाई तथा शुभकामना दिनु भएको थियो ।

प्रतिकृया दिनुहोस