Saturday, October 21 , 2017| शनिबार, कार्तिक ४, २०७४ |
एनआरएन अमेरिकाका महासचिव लामा र सहकोषाध्यक्ष योञ्जन सम्मानित
सोमबार, आश्विन २३, २०७४ १६:१२:२७ | Comments

८ अक्टोबर, न्यूयोर्क । गैर आवासीय नेपाली संघ र्राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएनए)का महासचिव बिआर लामा र सह-कोषाध्यक्ष पवन योन्जनलाई तामाङ सोसाईटी अफ अमेरिका टिएसएले सम्मान गरेको छ । 

शनिवार न्यूयोर्कको ज्याक्सनहाइटस्थित थकाली किेचनमा आयोजित कार्यक्रममा महासचिव लामा र सह-कोषाध्यक्ष योञ्जनलाई बधाई तथा कार्यकाल सफलताको शुभकामनासहित सम्मान गरेको हो । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लुइसाङ वाइवा, सोसाइटीका पूर्व अध्यक्षहरु राम तामाङ, इन्द्र तामाङ र भरत मोक्तानले महासचिव लामा र सह-कोषाध्यक्षलाई योञ्जनलाई खादा ओढाएर कार्यकालको सफलताको कामना गरे ।

 महासचिव सोसाईटीका सल्लाहकार हुन् भने सह-कोषाध्यक्ष योञ्जन निवर्तमान महासचिव हुन् ।

प्रतिकृया दिनुहोस