Monday, December 18 , 2017| सोमबार, पौष ३, २०७४ |
राजपा र फोरमको बन्यो नयाँ गठबन्धन (विज्ञप्तिसहित)
शुक्रबार, आश्विन २०, २०७४ ००:००:०० | Comments

 

काठमाडौं, २० असोज । आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)र संघीय समाजबादी फोरम नेपालबीच चुनावी गठबन्धन बनाउने सहमति भएको छ । 
राजपा संयोजक महन्थ ठाकुर र फोरम अध्यक्ष उपेन्द्र यादवले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै दुवै दल निर्वाचनमा साझा उम्मेदवार उठाउन सहमत भएको जनाएका हुन् ।  
जारी विज्ञप्तिमा अन्य पार्टी, मोर्चा वा गठबन्धनमा तालमेल गर्नुपरे संयुक्त रुपमा सहभागि हुने उल्लेख छ । राजपा र फोरमको नयाँ निर्णयसँगै नेपाली कांग्रेसको नेतृत्वमा बन्ने भनिएको लोकतान्त्रिक गठबनधन कमजोर बन्ने देखिएको छ ।

प्रतिकृया दिनुहोस