Monday, December 18 , 2017| सोमबार, पौष ३, २०७४ |
गायिका सीता गुरुङ र हरि माया गुरुङको ‘जाला जोेवन’ बोलको गीत बजारमा (भिडियो सहित)
मंगलबार, आश्विन १०, २०७४ ००:००:०० | Comments


काठमाडौं । गायिकादय सीता गुरुङ र हरि माया गुरुङले गुरुङ र मगर समुदयमा गाईने लोकप्रिय भाकाको ‘जाला जोवन’ बोलको कौराहा गीत बजारमा ल्याएको छ । उक्त गीतमा गायिका सिता गुरुङ कै लय शब्द रहेको छ भने दुर्गा गुरुङ र आर के गुरुङले साथ दिएका छन् ।
गायिका सिता गुरुङले दर्जनौ गीतहरु बजारमा ल्याईसकेकी छिन् । गुरुङको ‘लुगा धुने साबुन त साबुन धुने पानि, यो मन धुने के हो नानी’ बोलको गीत सर्बाधिक चर्चामा रहेको कौराहा गीत हो, जुन गीतबाट उनी नेपाली संगीतमा अगाडी बढ्न अझ हौसला मिलेको गायिका सिता गुरुङ बताउँछिन् । 
आमेरिकामा बसेर पनि आफ्नो देशको मौलिक कला र संस्कृतिलाइ जगेर्ना गर्नु पर्छ भन्ने मान्यता राख्ने गायिका सिता गुरुङले विभिन्न गुरुङ फिल्म र नेपाली फिल्महरुमा पनि अभिनय गरिसक्नु भएको बताउँछिन ।
भिडियो :

प्रतिकृया दिनुहोस