Monday, December 18 , 2017| सोमबार, पौष ३, २०७४ |
जोश र फर्गी छुट्टिए
शुक्रबार, भाद्र ३०, २०७४ २०:३७:५७ | Comments

१५ सेप्टेम्बर, न्यूयोर्क । गायिका फर्गी र अभिनेता जोश डमलको जोडी छुट्टिएको छ । उनीहरुले बिहीबार अब बैवाहिक बन्धनबाट अलग्गिएको पुष्टि गरेका हुन् । आफूहरु यस वर्षको सुरुमै छुट्टिसकेको तर, परिवारको अनुकुलता नमिलेका कारण यस समाचार गोप्य राखिएको उनीहरुको भनाई छ ।

उनीहरुको विवाह सन् २००९ मा भएको थियो । उनीहरुको सन् २०१३ मा जन्मिएका एक छोरा छन् । दुबै मिलेर छोरालाई हुर्काउने उनीहरुले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।
अमेरिकी सांगीतिक समूह ब्ल्याक आइड पिजकी सदस्य फर्गीले सन् २००६ मा द डचेस नामक एकल एल्बम सार्वजनिक गरेकी थिईन् भने उनले यसै महिना डबल डचेस नामक अर्को एकल एल्बम सार्वजनिक गर्दैछिन् ।

यता डमल चाहिँ एबीसी टेलिभिजनको अल माइ चिल्डे«न तथा टर्मिनेटरजस्ता फिल्ममा देखा परेका थिए । उनीहरुबीच पहिलो पटक सन् २००४ मा डमलको लस भेगास नामक टेलिभिजन कार्यक्रममा भेट भएको थियो । उनीहरुको सेपरसनले उनीहरुको फ्यानलाई भने अचम्ममा पारेको छ ।

प्रतिकृया दिनुहोस