Saturday, October 21 , 2017| शनिबार, कार्तिक ४, २०७४ |
गायक हिमाल घले र चन्द्र घलेको दशै कोसेली गीत बजारमा (भिडियो सहित)
बिहीबार, भाद्र २९, २०७४ ००:००:०० | Comments

काठमाडौं । महान चाडपर्व नजिक आइरहदा नेपाली कला क्षेत्रमा साधानारत श्रष्टाहरुको सांगीतिक सौगात बजारमा आउने क्रम जारी रहेको छ । सोही क्रममा चर्चित गायक हिमाल घले र पहिलो घले भाषाका गायक चन्द्र घलेको संयुक्त सुमधुर आवाजमा “म शहर छोडेर हिनिसके आमा" बोलको नयाँ गीतको भिडियो बजारमा आएको छ । 
चाडबाड नजिकै गर्दा कसैलाई आफ्नो मान्छेहरु प्रदेशमै या जागिर मै बसोबास भन्ने हुन्छ र ? नजिकिदै गरेको दशै र तिहारको गीतमा घर आउन पाईन र दुखेसो पोखेको गीत मात्र हेर्न पाईन्छ तर गायक घलेले ठीक उल्टो दशैंमा घर जाँदै गर्दाको खुसीका पलहरुलाई समेटी गीत तयार पारेका छन् ।
सुस्मा म्युजिक प्रा.लि.को प्रस्तुति र रमेश बिजीको संगीत रहेको उक्त भिडियोलाई निर्देशन एवम छायाँकन दुर्गा पौडेलले गरेका छन् भने सम्पादन नविन घर्ति मगरले गरेका छन् ।
गीतमा रहेको केही मार्मिक शब्दहरुः
१. बा लाई टोपी आमालाई पछ्यौरा, चिनी चिऊरा साबुन र मस्यौरा 
किनी सके आमा 
साथिभाईलाई आऊदैछ भन्द्यौ है, म सहर छोडेर हिनिसके आमा
२. पाऊना आउँदा काँसको थाल थिएन, त्यहि नकिनी मनैले दिएन 
किनि सकें आमा 
साथिभाईलाई आऊदैछ भन्द्यौ है, म सहर छोडेर हिनिसके आमा
३. सोधेको थें तिम्लाई के किनु, बैनी भन्थिन् मोबाईल ल्याईदिनु
किनिसकें आमा 
संगै चाडबाड मनाम्ला भनेर, रात्रीबस चढेर हिनि सकें आमा
४. म भनेसी साथिभाई मर्छन्, एउटा रुमाल भएनि आश गर्छन्
किनिसके आमा 
साथिभाईलाई आऊदैछ भन्द्यौ है, म सहर छोडेर हिनिसके आमा
५. खर्च भयो तीस हजार जती, दुई हजारको बजैलाई ओखती
किनिसकें आमा 
साथिभाईलाई आऊदैछ भन्द्यौ है, म सहर छोडेर हिनिसके आमा

भिडियोः

प्रतिकृया दिनुहोस