Monday, December 18 , 2017| सोमबार, पौष ३, २०७४ |
अमेरिकामा हुने नेम्पा फिल्म अवार्ड रोकियो
मंगलबार, भाद्र २७, २०७४ ००:००:०० | Comments

नेपाल चलचित्र संघ र डीएबीएस इन्टरटेन्मेन्ट, अमेरिकाको संयुक्त आयोजनामा हुने असोज १ गते ‘नेम्पा फिल्म अवार्ड’ रोकिएको छ । अवार्ड सेप्टेम्बर १७ तारिखमा आयोजना हुने भनिएको थियो । टेक्सासको विभिन्न स्थानमा प्राकृतिक विपत्ती परेकाले र विजया दशमीको पूर्व सन्ध्या समेत परेको हुँदा टेक्सासबासी नेपालीहरुको विशेष आग्रहमा अवार्डको आयोजना मिति पोष्टपोन्ड गरिएको आयोजकले बताएको छ ।


असोज १ गते अवार्ड गर्ने भन्दै आयोजकले १८ विधामा उत्कृष्ट ३ मा पर्न सफल फिल्म र फिल्मकर्मीको नाम पनि सार्वजनिक गरेको थियो । अब यो अवार्ड नोभेम्बर ५ अर्थात कात्तिक १९ गते आयोजना हुने भएको छ । पूर्व निर्धारित स्थानमा नै भव्य, सभ्य र व्यस्थित रुपमा ‘नेम्पा अवार्ड’ आयोजना हुने आयोजकले बताएको छ ।

प्रतिकृया दिनुहोस