Saturday, October 21 , 2017| शनिबार, कार्तिक ४, २०७४ |
भाद्र २४ गते दोस्रो सोबोकान कराते प्रतियोगिता हुने
बिहीबार, भाद्र २२, २०७४ ००:००:०० | Comments

भक्तपुर । नेपाल सितेरियो सोबोकान कराते डो संघको आयोजनामा यहि भदौ २४ गते मध्यपुर थिमीस्थित लायकु दरबारमा हुन लागेको ‘दोस्रो नेपाल सितोरियो सोबोकान खुला राष्ट्रिय कराते प्रतियोगिता–२०७४’ को सम्पूर्ण तयारी पुरा भएको छ ।
प्रतियोगितामा काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली, चितवन, बागलुङ र विराटनगरबाट ३ सय खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।
पुरुषतर्फ २५ देखि ६५ केजी तौल समूह र महिलातर्फ २५ देखि ५५ कजी तौल समूहमा र खुला तौल समूहमा प्रतिस्पर्धा हुने सो प्रतियोगितामा एकल कातामा पनि प्रतिस्पर्धा हुने संयोजक सनिस श्रेष्ठले जानकारी दिएका छन् । प्रतियोगितामा उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई नगद पुरस्कार तथा ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस