Monday, December 18 , 2017| सोमबार, पौष ३, २०७४ |
‘कौन बनेगा करोडपति’ सञ्चालन गर्न कति पारिश्रमिक लिन्छन् अमिताभ ?
बुधबार, भाद्र २१, २०७४ ००:००:०० | Comments

amitav
मुम्बई, १८ भदौ  चर्चित इन्डियन रियालिटी शो ‘कौन बनेगा करोडपति’ को ९औं श्रृखला २८ अगस्टदेखि सुरु भएको छ ।

तीन वर्षपछि पुनः छोटो पर्दामा फर्किँदै शो को सञ्चालन अमिताभ बच्चनले गर्दैछन् । तर, उनी यो शो सञ्चालन गरेवाफत कति पारिश्रमकि लिन्छन् भन्ने जो कसैलाई सायदै थाहा होला ।

उनी अहिले पुरानो पारिश्रमिक भन्दा बढी माग गर्दै शो सञ्चालन गर्न लागेका हुन् । खबरअनुसार बच्चन यसअघि एक एपिसोड सञ्चालन गरेवाफत २ करोड रुपैयाँ लिँदै आएका थिए । तर, यसपटक उनी प्रति एपिसोड २ करोड ७५ लाख रुपैयाँमा लिने सहमतीमा शाे सञ्चालन गर्दैछन् ।

प्रतिकृया दिनुहोस