Saturday, October 21 , 2017| शनिबार, कार्तिक ४, २०७४ |
गुरुङ पर्यटन व्यवसायी संघद्धारा बाढीपीडितलाई राहत वितरण
सोमबार, भाद्र १९, २०७४ ००:००:०० | Comments

 
काठमाडौं । गुरुङ पर्यटन व्यवसायी संघ, नेपाल (जिटिन)ले तराईका बाढीपीडितहरुलाई राहत वितरण गरेको छ । जिटिनको केन्द्र र पश्चिमाञ्चलको संयुक्त आयोजनामा विराटनगर परोपकार घाटका बाढीपीडितलाई राहत वितरण गरिएको जिटिनका अध्यक्ष कमला गुरुङले जानकारी दिनुभयो ।
विपतमा परेका हर नेपालीलाई नेपालीले साथ दिनुपर्ने भन्दै जिटिनले बाढीपीडितका लागि स्वतस्फुर्त रुपमा राहत जुटाएका हुन् । 

प्रतिकृया दिनुहोस