Monday, December 18 , 2017| सोमबार, पौष ३, २०७४ |
वैदेशिक रोजगार सुधार्न फिलिपिन्सबाट सिक्नेकी !
शुक्रबार, भाद्र ९, २०७४ ००:००:०० | Comments

 

 

धरम के.सी.

 

आर्जन र बिप्रेषण  

फिलिपिन्स र नेपाल दुबै मुलुकबाट लगभग उत्तिकै संख्या (२२/२५ लाख) बैदेशिक रोजगारमा रहेको तथ्यांक देखिन्छ ।  तर स्वदेशमा पठाउने रेमिटान्समा भने झण्डै ३ गुणाको फरक पाइन्छ । गतः बर्ष सन २०१६ मा फिलिपिन्सले २५ अर्ब डलर (रू. २५ खर्ब भन्दा बढी) बिप्रेषण  पायो भने नेपालले रू. ९ खर्ब मात्र भित्राएको देखिन्छ । प्रबासी कामदारहरूको संख्या उही रहे पनि बिप्रेषण मा यति ठूलो फरक देखिनुमा यी कारणहरू छनः

(क) फिलिपिनोहरूका प्रमुख गन्तब्य मुलुकहरूमा सिंगापुर, हंगकंग, ताइवान, इटली पर्छन भने नेपालीहरूका प्रमुख गन्तब्य मुलुकहरू मलेसिया पछि सबै अरबमै छन । नेपालको एक नम्बरको गन्तब्य मलेसिया फिलिपिन्सका लागि १० नम्बरमा पर्दछ । अरबमा भन्दा सिंगापुर, हंगकंग, ताइवान र इटलीमा तलब बढी पाइन्छ ।

(ख्) फिलिपिनोहरू सबै नै दक्ष हुने तर नेपालीहरू अधिकांश अदक्ष हुने हुंदा पाउने तलबमा नै ठूलै अन्तर देखिन्छ ।

(ग) फिलिपिनोहरूको रिक्रुटमेन्ट खर्च रोजगारदाताहरूले नै ब्यहोरिदिने हुंदा कामदारहरू माथिको भार नगन्य हुन्छ तर नेपालीहरूको त्यही खर्च अत्यधिक हुने गरेको छ र मेनपावर एजेन्सीहरूले कामदारहरूबाटै असुल्ने गरेका छन, सरकारले भनेको फ्रि भिषा फ्रि टिकट अर्थात शुन्य या न्युन लागत आम नेपाली कामदारहरूले उपभोग र अनुभूत गर्न पाएका छैनन । रिक्रुटमेन्ट खर्च ( भिषा, टिकट कमिशन आदि तिर्न नेपाली एजेन्सीहरूले नेपालबाट बिदेश रकम पठाउनु पर्ने तर बाह्य बिप्रेषणलाई नेपालको कानूनले रोकेको हुंदा कामदारहरूको आर्जन सबै बैंकिङ च्यानलबाटै स्वदेश नभित्रिएर उल्लेख्य अंश एजेन्सीहरूकै प्रयोजनका निमित्त हुण्डीमा रूमलिन्छ र बिदेशमै रहन्छ !

 

सीप परीक्षण

कुनै पनि फिलिपिनो कामदारहरू विना सीप लेबरको काममा बिदेशिदैनन् । उनीहरूले पहिला स्वदेशमै काम सिक्छन, तालिम या अनुभव हाँसिल गर्छन, सीप परीक्षण गर्छन, गराउंछन र निश्चित दक्षता तथा योग्यता हाँसिल गरेपछि मात्रै बिदेशिन्छन् । भाषा (अंग्रेजी)मा उनीहरू प्रायः राम्रै हुन्छन ।

सीप बिकास, परीक्षण तथा प्रमाणिकरणका लागि फिलिपिन्स सरकारले TESDA (Technical Education & Skill Development Authority) लाई तोकेको छ । यो सरकारी निकायस्वयमले र यसको सम्बन्धन (स्वीकृति) प्राप्त निजी प्रतिष्ठानहरूले पनि बिभिन्न तहका सीप सिकाउने, परीक्षण गर्ने र अन्तमा पास हुनेलाई बिभिन्न ४ तहका (NC I, NC II, NC III, NC IV) National Certificatesप्रदान गर्दछन । रोजगारदाताहरूले आफूलाई कुन तहको दक्षता (अर्ध दक्ष, दक्ष, उच्च दक्ष, बिशेषज्ञ) चाहिएको हो? रोज्दछन र कामदार र रोजगारदाताका बिचको आपसी सहमतिमा तलब सुविधा पनि निर्धारण गर्दछन ।

 

प्रोफेशनल लाइसेन्स

फिलिपिन्स सरकारले चिकित्सा क्षेत्र, इञ्जिनियरिङ, कृषी, बन, शिक्षण र उद्योग क्षेत्रका बिभिन्न पेशाकर्मीहरूका लागि PRC (Professional Regulation Commission)  मा अनिवार्य दर्ता हुनै पर्ने र आआफ्नो पेशाको इजाजत पत्र (लाइसेन्स) लिएर मात्रै पेशा गर्न पाउने नियम लागू गरेको छ । युनिभर्सिटीको डिग्री लिए पछि पनि PRCले लाइसेन्स दिनु अघि अलग्गै जांच लिन्छ र PRC को बोर्डको परीक्षा पास हुनेलाई मात्र निश्चित अवधीका लागि प्रोफेशनल प्राक्टिसका लागि इजाजत पत्र (आइडी कार्ड सहित) प्रदान गर्दछ र यी लाइसेन्स होल्डरहरू मात्र केही बर्षको कार्यानुभव समेत लिएर बिदेशमा काम गर्न जान्छन ।

 

 

न्युनतम तलब

POEA (Philippine Overseas Employment Administration) फिलिपिन्स सरकारले बैदेशिक रोजगारका लागि तोकेको सरकारी नियामक निकाय हो । यसले फिलिपिनो कामदारहरूका लागि बिभिन्न पेशा र तहमा न्युनतम तलब तोकेको छ । 
सबैभन्दा कम तलब कृषी र कारखानाहरूमा काम गर्ने अर्धदक्ष कामदारहरूका लागि छ जुन साउदी अरबका लागि सा.रि. १,५०० ं फ्रि खाना या खानाका लागि ३०० रियाल तोकिएको छ भने इञ्जिनियरका लागि न्युनतम ४,५००ं३०० निर्धारित छ । यो भन्दा कम तलब दिने या पाउने गरी कुनै पनि फिलिपिनो कामदारहरूले POEA बाट श्रम स्वीकृति पाउन सक्दैनन । झुटा कागजात बनाए या लेखिएको तलबमा तलमाथि परे एजेन्सीहरूलाई कडा कारबाही हुने र फरक परेको तलब एजेन्सीले कामदारहरूलाई क्षतिपूर्ति स्वरूप दिनैपर्ने हुंदा मेनपावर एजेन्सीहरू नै त्यता (किर्ते र यथार्थ भन्दा फरक कागजात तर्फ) जांदै जान्नन, त्यस्तो अबैध र जोखिमपूर्ण बाटो र प्रकृया अबलम्बन गर्दैनन ।

 

मर्यादित र बिश्वसनीय एजेन्सी

फिलिपिन्समा हजार भन्दा बढी इजाजत पत्र प्राप्त मेनपावर (रिक्रुटिङ) एजेन्सीहरू रहेको भएता पनि उनीहरूका बिचमा अस्वस्थ प्रतिस्पर्धा छैन । सबैले नियम र कानूनको पालना गर्दछन र स्वयम पनि मर्यादित र बिस्वसनीय छन । १३ दिनमा २सय भन्दा बढी कामदारहरूको अन्तर्वार्ता र टेस्ट लिंदा म आफैले पनि कुनै पनि कामदारहरूका पछाडी कोही पनि एजेन्ट, सब(एजेन्ट देखिन । उनीहरू सबै नै एजेन्सीले प्रबाह गरेको सूचना तथा कर्मचारी स्वयमको प्रत्यक्ष सम्पर्कमा एजेन्सीमा अन्तर्वार्ता दिन आइपुगेका थिए ।

एजेन्सीमा काम गर्ने सबै नै कर्मचारी सुशिक्षित र आ आफ्नो काममा दक्ष र पोख्त थिए । मनिलामा मुख्य कार्यालय राखि सिबु, दबाव, सिडियो र जेनसानमा शाखा खोलेको एजेन्सीमा काम गर्ने कूल ५७ जना कर्मचारी सबै नै स्नातक र कोही त स्नातकोत्तर डिग्री होल्डर थिए । सिबु शाखा कार्यालयकी प्रमुख स्वयम नर्सिङकी स्नातकोत्तर, केही बर्ष इथियोपिया र फिलिपिन्सकै नर्शिङ कलेजमा प्राध्यापन समेत गरिकी र हाल पिएचडी गर्दैरहेकी शोधकर्ता  थिइन भने उनका सहायक स्टाफ सिभिल इञ्जिनियर थिए । फिलिपिनोहरूको बैदेशिक रोजगारलाई सुरक्षित पार्दै, मेनपावर ब्यवसायलाई ब्यवस्थित बनाउन साथै एजेन्सीहरूलाई पनि मर्यादित र बिश्वसनिय बनाउनुको रहस्य नै यी र यस्ता सुशिक्षित, इमान्दार र कर्तब्यनिष्ठ प्रोफेसनलहरू स्वयम मेनपावर ब्यवसाय सञ्चालनमा आउनु, रहनु हो भन्ने नै मेरो दरिलो बुझाई रह्यो जुन नेपाली एजेन्सीहरूमा देखिने प्रबृत्ती र अभ्यासहरू भन्दा निकै नै फरक छन ।

 

बैदेशिक रोजगारको लागत खर्च, कसले के ब्यहोर्ने?

फिलिपिन्समा प्रत्येक रिक्रुटिङ एजेन्सीहरूले ‘प्लेसमेन्ट फी’ का नाममा प्रत्येक कामदारहरूको एक महिनाको बेसिक तलब सेवा शुल्क लिन्छन । एजेन्सीले अग्रिम नै लिने यो शुल्क भने प्रायजसो रोजगारदाताहरूबाटै लिने गर्दछन जुन रोजगारदाता र एजेन्सीका बिचको सम्झौतामा उल्लेखित हुन्छ । कुनै रोजगारदाताले यो शुल्क पछि कामदारहरूको तलबबाट ३ वा ६ महिनामा किश्तामा कटाई (फीर्ता) लिन्छन भने कुनैले तलबबाट कटाउंदैनन । कुनै रोजगारदाताले भने यो शुल्क तिर्न मान्दैनन र एजेन्सीले कामदारहरूलाई नै चार्ज गर्छन । सरकारले एजेन्सीहरूलाई यो शुल्क लिन पाउने स्वीकृति दिएपनि कसबाट लिने भन्नेमा किटान गरेको छैन । तर १ महिनाको बेसिक तलब भन्दा बढी शुल्क लिएको पाइएमा भने सरकारले एजेन्सीलाई कडा कारवाही गर्दछ ।

एजेन्सीको प्लेसमेन्ट फी का अतिरिक्त बैदेशिक रोजगारको प्रकृयामा यी खर्चहरू पनि आउंछन ।

 

रोजगारदाताले ब्यहोर्नेः

 

१.    भिषा फी (देश अनुसार)

 

२.   भिषा प्रोसेसिङ फी (३२ डलर)

 

३.    इन्शुरेन्स प्रिमियम (१४४ डलर)

 

४.   हवाई टिकट (एअरलाइन्स र समय मुताविक केही फरक पर्ने)

 

कामदारले ब्यहोर्नेः

१.    स्वास्थ्य परीक्षण (४,००० पेसो)

२.   भ्याक्सिन (१,२०० पेसो)

३.    बायोमेट्रिक (२७५ पेसो)

४.  OFW (Overseas Filipino Worker) का रूपमा POEA मा दर्ता हुन दर्ता शुल्क (५०० पेसो)

कामदारले तिर्नुपर्ने जम्मा खर्चः ५,९७५पेसो (ने.रू. १२,०००), एज्ए ज्ञ . ल्एच् द्द

 

बिना धितो ऋण

 त्यसो त फिलिपिनोहरूको बैदेशिक रोजगार खर्चिलो छंदै छैन । तथापी कुनै कामदारहरूलाई रोजगारको खर्च तिर्न या केहि समय परिवारकै खर्च धान्न केही रकम आवश्यक परे बिना धितो नै ऋण दिन, लिन पाउने ब्यवस्था छ ।  फाइनान्स इन्स्टिच्युटले १देखि ३ दिन भित्रमै बैदेशिक रोजगारकै कागजपत्र हेरेर बिदेशिने कामदारलाई जानु अघि नै सहज र सरल तवरमा ऋण प्रदान गर्दछ । ऋण राशी न्युनतम २०,००० देखि २,००,००० पेसो सम्म हुन्छ भने भुक्तानी अवधि बढीमा २ बर्ष रहन्छ । कामदार(हरू)लाई आवश्यक ऋण प्रदान गर्न एजेन्सीहरूले पनि सहजिकरण गरिदिन्छन ।

 

 कामदारहरूका हक हितका लागि

बिदेशमा फिलिपिन्सको दूतावासभित्रै कामदारहरूका हक हित हेर्न, भैपरि आउने समस्या हल गर्न POEA र OWWA (Overseas Workers Welfare Administration) का प्रतिनिधी कर्मचारीहरू नै खटिएका हुन्छन । साउदी अरब जस्तो बिशाल भूक्षेत्र भएका मुलुक(हरू)मा फिलिपिन्सका नियोगहरूले ‘Embassy on Wheels’ जस्ता   कार्यक्रमहरू पनि बेला बेलामा आवश्यकता मुताविक चलाई रहेका हुन्छन र हटलाइनको ब्यवस्था गरेर समस्याको २४ सै घण्टा सुनुवाई हुने र इमर्जन्सी र अर्जेन्सी हेरी तत्काल सेवा प्रदान गर्ने  कार्यनीति र संयन्त्र पनि दूतावासहरूले अख्तियार गरेका हुन्छन ।

OWWAले कामदारहरूका न्याय, उद्धाररकल्याण र क्षतिपूर्तिका लागि काम गर्दछ भने बिशेषतः ठगि, बिमा, आर्थिक लेनदेन, तलब दिलाउनमा श्रम तथा रोजगार बिभागमा आबद्ध NLRC  (National Labor Relation Commission) ले पनि काम गर्दछ ।

आप्रबासी नेपालीहरूलाई ल्च्ल्  भने जस्तै प्रत्येक आप्रबासी फिलिपिनो कामदारहरूलाई सरकारले नै OFW को कानूनी पहिचान र मान्यता दिएको छ। फरक यही छ कि ल्च्ल् को हैसियत पाउनका लागि नेपालीहरूले बिदेशमा २ बर्ष बिताएको हुनुपर्दछ भने OFW को हैसियत बैदेशिक रोजगारमा पाइला टेकेकै दिनमा फिलिपिनोहरूले प्राप्त गर्दछन ।OFW हरू बिदेशमा क्ष्mmष्नचबलतभका नाममा संगठित छन तगालोग (फिलिपिन्सको राष्ट्र भाषा)मा इमिग्रान्ट्स अर्थात आप्रबासीलाई इमिग्रान्टे भनिएको हो । बिदेशमा इमिग्रान्टे दर्ता नहुने भएकाले यो संगठन कानूनी रूपमा अबैध हो तर यसले फिलिपिन्स सरकार, सरकारी निकायहरूका लागि ‘प्रेसर गु्रप’ का रूपमा काम गर्ने गरेको छ । इमिग्राण्टेबाट प्राप्त हुने प्रायः सिकायत, उजुरी, रिपोर्ट र सुझावहरूलाई सरकार र यसका निकायहरूले गम्भीर र सकारात्मक रूपमा ग्रहण गर्दछन ।

 

सारांश :

फिलिपिन्सले अबलम्बन र अभ्यासमा ल्याएको बैदेशिक रोजगारी सुरक्षित, ब्यवस्थित, मर्यादित र मुलुक, कामदार र रोजगारदाता सबैका लागि उपयोगी र लाभदायक छ, नेपालका लागि अनुकरणीय छ, नेपालले पनि अनुशरण गर्ने हो भने अहिले देखिएका समस्या स्वत घटेर जानेछ । वैदेशिक रोजगारको क्षेत्र सुधारिने छ । 

प्रतिकृया दिनुहोस