Saturday, October 21 , 2017| शनिबार, कार्तिक ४, २०७४ |
नेइमारको डेब्यु खेल १ सय ८३ देशमा सिधा प्रसारण
मंगलबार, साउन ३१, २०७४ ००:००:०० | Comments

 

 

पेरिस, ३१ साउन (एजेन्सी)  । विश्व कीर्तिमानी रकममा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) मा आवद्ध भएका ब्राजिलियन स्ट्राइकर फ्रेन्च लिगमा उत्कृष्ट सुरुवात गरेका छन्। उनले गुइनगाम्पविरुद्ध डेब्यु खेलमा गोल गर्नुका साथै गोलका लागि पास पनि मिलाएका थिए। उनको खेल १ सय ८३ देशमा सिधा प्रसारण भएको थियो। नेइमारले ८२ मिनेटमा इडिन्सन काभानीको पासमा गोल गर्नुको साथै ६२ मिनेटमा काभानीलाई गोलका लागि अवसर मिलाइदिएका थिए।

उनले पुरै खेलमा १ सय २८ पल्ट बल छोएका थिए। युरोपेली क्लब फुटबलमा उनले दोस्रो पल्ट सर्वाधिक मात्रामा बल छोएका हुन्।

प्रतिकृया दिनुहोस