Monday, December 18 , 2017| सोमबार, पौष ३, २०७४ |
एनआरएन जर्मनीको अध्यक्षमा विजय मोक्तानको उम्मेद्वारी घोषणा
शुक्रबार, साउन २७, २०७४ ००:००:०० | Comments

जर्मनी । एनआरएन जर्मनीको २०१७/२०१९ आगामी नयाँ कार्यकालका लागि नेपाली जनसम्पर्क समिति जर्मनीका निवर्तमान सभापति विजय मोक्तानले आफनो उम्मेद्वारी दिएका छन् ।

डेढ दशकदेखि बोखुम जर्मनीमा बस्दै आएका  मोक्तानको  यसपटक जनसम्पर्क समिति जर्मनीले नै उनको नाम प्रस्ताव गरिसकेको छ। एनआरएन जर्मनीको संस्थापक सदस्य भएकोले आफुले पनि एक पटक नेतृत्व लिएर नयाँढंगबाट संस्थालाई पारदर्शिता गराउँदै अगाडि लैजाने मोक्तानले बताए । एनआरएनए जर्मनीको स्थापनाकालदेखि संस्थामा आवद्ध भएका मोक्तानले २००९ मा एनआरएनए जर्मनीको आईसीसी सदस्यको उम्मेदवार बनेका थिए।

मोक्तानलाई २०१३–२०१५ मा आम जर्मनवासी नेपालीहरुले अध्यक्षको रुपमा हेर्न चाहे पनि पार्टीको उम्मेद्वार  हरेन्द्र वनेमलाई सहमति गर्दा अध्यक्ष पद छाडेको खुलासा गरे । गैर आवासीय नेपाली संघको अभियानलाई ठुलो र फराकिलो पार्नुका साथै जर्मनीबासी नेपालीहरुलाई एक सुत्रमा बाँध्न मोक्तानले विशेष योगदान र समर्पण गर्दै आएका छन् ।

तर सहमतिको क्रममा कुमार पन्तलाई आईसिसिको जिम्मेवारी दिइएको थियो। त्यसपछि एनआरएनको अध्यक्षमा दिल गुरुङ्गलाई बनाएर मोक्तानले कार्यकारी सदस्यमा रही सांस्कृतिक संयोजकको भूमिका सम्हालेका थिए ।

मोक्तानलाई २०१३–२०१५ मा आम जर्मनवासी नेपालीहरुले अध्यक्षको रुपमा हेर्न चाहे पनि पार्टीको उम्मेद्वार  हरेन्द्र वनेमलाई सहमति गर्दा अध्यक्ष पद छाडेको खुलासा गरे । गैर आवासीय नेपाली संघको अभियानलाई ठुलो र फराकिलो पार्नुका साथै जर्मनीबासी नेपालीहरुलाई एक सुत्रमा बाँध्न मोक्तानले विशेष योगदान र समर्पण गर्दै आएका छन् ।
 

प्रतिकृया दिनुहोस