Saturday, October 21 , 2017| शनिबार, कार्तिक ४, २०७४ |
एनआरएनए जापानको अध्यक्षमा निमा लामाको उम्मेदवारी घोषणा
सोमबार, साउन १६, २०७४ १२:११:३४ | Comments

३१ जुलाई, नागोया, जापान । गैरआवासीय नेपाली संघ एनआरएनए जापानको आगामी नयाँ कार्यकालका लागि अध्यक्ष पदमा युवा व्यवसायी निमा लामाले आफनो उम्मेद्वारी दिने बताएका छन्।

यसअघि एनआरएन तोकाई होकिरिकु नागोया क्षेत्रको क्षेत्रीय संयोजक भई आफनो कार्य क्षमता देखाईसकेका लामा नागोयामा व्यवसाय गर्दै आएका छन् । नेपाली बुलेटिनसँग कुराकानी गर्दै लामाले जापानमा रहेका विभिन्न क्षेत्रका नेपालीहरुले सिकेको सीप, क्षमता र पूँजीलाई नेपालमा भित्रायउन महत्वपूर्ण भूमिका खेल्ने बताए । नेपाल र जापान सरकारबीचको कुटनीतिक सम्बन्धलाई अझ प्रगाढ बनाउनका लागि आफूले विशेष पहल गर्ने उनले जोड दिए ।

२७ वर्ष अघि जापान आएका लामा रेष्टुरेन्ट व्यवसायी तथा हालै सेवा सुरु भएको एभरेष्ट सुपरमार्केटका संचालक हुन। एनआरएनए  अभियानलाई सार्थक दिशा दिनका लागि तथा जापानवासी नेपालीहरुको हरेक समस्या समधानका लागि अथक प्रयास गर्ने भन्दै लामाले सकभर सहमतिय प्रणाली नभए निर्वाचन प्रक्रियाबाट नेतृत्वमा पुग्ने जनाएका छन।

नेतृत्वमा पुगेको खण्डमा जापानवासी नेपालीहरुको हरेक दुखमा साथ दिने प्रतिवद्धता जनाएका छन।

 

प्रतिकृया दिनुहोस