Monday, December 18 , 2017| सोमबार, पौष ३, २०७४ |
'विश्व भरिका तामाङ जातिको सारथी बन्न सक्ने शक्ति केन्द्रको परिकल्पना गरेका छौ'
शनिबार, आषाढ ३१, २०७४ १९:३४:२६ | Comments
लक्यान लामा, सदस्य सचिव, नर्थ अमेरिका तामाङ सम्मेलन

यतिखेर अमेरिकामा रहेका तामाङहरु नर्थ अमेरिका तामाङ सम्मेलन गर्ने तयारीमा छन् । नर्थ अमेरिका तामाङ सम्मेलनका सदस्य सचिव लक्यान लामासँग सम्मेलनको औचित्य, महत्व र योजनाका बारेमा लामो कुराकानी गरेका छौं ।

नेपालको पर्सा जिल्ला निर्मलवस्ती गाविस हालको सुवर्णपुर ठोरी गाउँपालिकाको ब्रम्हनगरमा जन्मेका लामाले नेपाल ल क्याम्पस काठमाडौंबाट व्याचलर डिग्री गरि त्रिचन्द्र क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर डिग्री गरेका हुन। वालवालिका तथा समाज कल्याण मन्त्रीको प्रमुख स्वकीय सचिव भएर अनुभव वटुलेका लामाले समाज कल्याण परिषदका सहायक निर्देशकको  पनि जिम्मेवारी सम्हालेको अनुभव छ ।

२००७ देखि अमेरिकाको न्यूयोर्कमा रहेका लामाले तामाङ  सोसाइटी अफ अमेरिकाको सचिव र महासचिव पदमा रही समुदायको लागि आफनो क्षमता देखाई सकेका छन् ।  उनै लामासँग नेपाली बुलेटिनका प्रधानसम्पादक मानछिरिङ तामाङले गरेको कुराकानीको सारांशः 

कस्तो खालको संस्थाको परिकल्पना गर्नु भएको छ ?
सोत र साधन सम्पन्न, नर्थ अमेरिका भरिका तमाम् तामाङ जातिको आस्था बोकी विश्व भरिका तामाङ जातिको सारथी बन्न सक्ने शक्ति केन्द्रको परिकल्पना गरेका छौ। 

कसरी सम्भव देख्नु भएको छ ?
जीवनको सबै भन्दा ठूलो उपलब्धि भनेको समस्याको समाधान हो । चाहे त्यो ठूलो होस् या सानो, समस्या भएपछि त्यसको निराकरण खोजिन्छ त्यसैले हामीमा भएको समस्याको निराकरण गर्ने साधन भनेको हामीले परिकल्पना गरेको संस्था नै हो। २०४६ पछि हाम्रो समाजमा आएको परिवर्तनले हाम्रा समस्या र निराकरणका उपाय समेत  तामाङ समुदायले बुझिसकेको मैले अनुभव गरेको छु त्यसैले यो अभियानमा सबै क्षेत्रबाट हामीलाई सहयोग मिल्ने कुरामा म विश्वस्त छु।

तामाङ सोसाइटी अफ अमेरिकाको इतिहासलाई नै लगेर जानुपर्छ भन्ने विशेष साधारणसभाले पारित गरियो भन्ने सुनिन्छ नि, के यो कुरामा अन्य संस्थाहरु छन् त?
तामाङ सोसाइटी अफ अमेरिकाको इतिहाससहित लगेर नजाने भन्ने कुरै आउँदैन। इतिहास भनेको संगठनको सम्पति हो । यसको संरक्षण गर्नु प्रत्येक सदस्यको दायित्व पनि हो, त्यसैले हामीले सबै संस्थाहरुलाई स(सम्मान दिदै प्रत्येक संगठनको इतिहास मिलाएर लैजानुपर्छ। यदि त्यसो नगरेको खण्डमा एकताको अनुभूति नै हुँदैन नी। हामी यो कुरामा प्रष्ट छौ।

सबैलाई मिलाउन सक्नु हुन्छ त र?
उद्देश्य समान छन् र अभियान पनि प्रष्ट छन् भने समस्या के वन्ला र ? मलाई त लाग्दैन यो ठूलो समस्या हो भनेर। हामी जुट्नुको विकल्प नै छैन त्यसैले यति ठूलो अभियानमा यो समस्याले त्यति ठुलो हिस्सा बोक्छ भन्ने पक्षमा म छैन त्यसैले हामीमा आत्मा विश्वास छ, मिलाएर लान्छौ।

धेरै पटक अभियानका कुरा गर्नु भयो तर अभियान प्रष्ट बुझिएन, बुझाई दिनुहुन्छ की ?
नर्थ अमेरिका भरिका यो केन्द्रिय संगठन, विश्व भरिका तामाङ समुदायको सारथी बनाएर सिँगो तामाङ जातिको आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक र सांस्कृतिक विविध क्षेत्रमा क्रियाशील गराई सबल, सक्षम र योग्य तामाङ जनशक्ति उत्पादन गर्ने नै हाम्रो अभियान हो।

संस्था वन्ने कुरामा ढुक्क हुनुहुन्छ ?

यस क्षेत्रका विज्ञहरुको राय अनुभवीहरुको अनुभवलाई बोक्दै र नयाँ सोच विचारलाई अघि सार्दै नर्थ अमेरिका भरिका तामाङ समुदायको शक्ति केन्द्र बन्ने कुरामा हामी ढुक्क छौँ र यही संगठनमार्फ़त हाम्रो भावी योजना तर्जुमा हुने अनि हाम्रो अभियान सफल हुने कुरामा पनि हामी पूर्ण रुपमा आशावादी  छौ।

नर्थ अमेरिका तामाङ कन्फरेन्स् कहाँ र कहिले हुँदैछ त ? 
यो कन्फरेन्स् सेप्टेम्वर को २ र ३ तारिक न्युयोर्क शहरमा हुँदैछ । गत जनवरी २७ तारिक न्युयोर्कमा भएको एेतिहासिक भेलाले तामाङ सोसाइटी अफ अमेरिकाको वर्तमान अध्यक्ष शान्तवाबु थोकर संयोजक र  सदस्य सचिवमा मलाई ज़िम्मेवारी दिदै २५ सदस्य तदर्थ कमिटी गठन गरेको छ । त्यहि कमिटीले कार्य सम्पन्न गर्दैछ र तयारी अन्तिम अन्तिम चरणमा पुगी सकेको छ ।

जो विशेष योगदान दिनेहरुको इतिहास मेटिने त हैन ?
पक्कै हैन, बरु हिजो जो जहाँ जसरी समाज परिवर्तनका लागि अग्रपंतिमा थिए ती सबै संघसंस्था, व्यक्ति विशेषलाई स(सम्मान गर्दै 
विगतका घट्नाक्रमलाई लेखबद्द गराउँदै र इतिहासलाई भावी पुस्ताको अध्ययन केन्द्र मात्र नभई तमाम् तामाङ समुदायको सम्पतत्त वनाएर राख्नेछौ। यसो हुँदा योगदान मेटिने भन्दा पनि कदर भएको महसुस हुनेछ।

नर्थ अमेरिका भरिका यो केन्द्रिय संगठन, विश्व भरिका तामाङ समुदायको सारथी बनाएर सिँगो तामाङ जातिको आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक र सांस्कृतिक विविध क्षेत्रमा क्रियाशील गराई सबल, सक्षम र योग्य तामाङ जनशक्ति उत्पादन गर्ने नै हाम्रो अभियान हो।

एउटै शक्ति केन्द्र वनाउने कार्यले कतै भएका संघरसंस्था टुक्रिने त हैन ?
शक्ति केन्द्र वनाउने कार्य भनेको संघ संस्थालाई एकता वनाउने हो । यदि टुक्रन गयो भने हाम्रो अभियान असफल भएको मान्नुपर्छ। त्यसैले हामी त्यस पक्षमा अति संवेदनशील छौ। हाम्रो अभियान कसैको विगतका इतिहास मेट्न हैन, विगतका उपलब्धीलाई ईन्कार गर्न पनि हैन र इतिहासमा विशेष भूमिका खेलेका संघरसंगठनलाई टुक्राउन पनि हैन केवल समय र परिस्थितिअनुसार हाम्रो अभियानलाई फरकढंगबाट परिचालन गर्नका निमित्त संघरसंगठनलाई एकतावद्द गर्दै प्रत्येक तामाङ जातिको एउटै शक्ति केन्द्र वनाएर सिँगो  तामाङ जातिको आवश्यकता पुर्ति गर्ने अभियानमा हो। यसर्थ संघ संस्थालाई मिलाएर लानुको अर्कों विकल्प छैन। 

नेतृत्वको लागि कतिको बहस शुरु भएको छ त ?
सम्पन्न विशाल संगठन वन्दै गर्दा नेतृत्वको वहस चल्नु स्वभाविक नै ठान्दछु र यहाँहरुले पनि स्वभाविक नै मान्नुपर्छ तथापि अहिलेको समस्य नेतृत्वमा को आउने वहस भन्दा पनि कसरी सबैलाई समाहित गरेर साझा संगठन वनाउने भन्ने हो। तैपनि नेतृत्वको तातो वहस चलेकै छ यसले संगठनलाई मजबुत वनाउँछ भन्ने लाग्छ।

सहि र छिटो निर्णय दिन सक्ने अनि समय र परिस्थिति बुझ्न सक्नेले मात्र नेतृत्व दिन सक्छ जस्तो लाग्छ तर जातीय संगठनमा भने यसको अलवा जातीय एजेण्डा राम्रोसँग बुझेको नेतृत्वले मात्र नेतृत्व दिन सक्छ त्यसैले नेतृत्वको सवालमा कुनै सौदावाजी गरिनु हुँदैन भन्ने हो ।

कस्तो खालको नेतृत्व हुनुपर्दछ जस्तो लाग्दछ ?
सहि र छिटो निर्णय दिन सक्ने अनि समय र परिस्थिति बुझ्न सक्नेले मात्र नेतृत्व दिन सक्छ जस्तो लाग्छ तर जातीय संगठनमा भने यसको अलवा जातीय एजेण्डा राम्रोसँग बुझेको नेतृत्वले मात्र नेतृत्व दिन सक्छ त्यसैले नेतृत्वको सवालमा कुनै सौदावाजी गरिनु हुँदैन भन्ने हो ।

त्यसो भए नर्थ अमेरिकाको संगठन वनाउने कार्यमा व्यस्त हुनुहुन्छ?
हो, सदस्य सचिवको ज़िम्मेवारीको नाता र हाम्रो समस्याको समाधान गर्ने यो संगठनको आवश्यकताले गर्दा नर्थ अमेरिकाको आस्था बोक्दै तामाङ जातिको सारथी बन्ने शक्ति सम्पन्न संगठन वनाउने अभियानमा लागेको छु।

प्रतिकृया दिनुहोस