Monday, December 18 , 2017| सोमबार, पौष ३, २०७४ |
दिनेश तामाङद्धारा १०० घर स्थानान्तरणको अभियान थाल्दै
बुधबार, जेठ २४, २०७४ ००:००:०० | Comments

धादिङको लापा गाउँलाई स्थानान्तरण गर्ने अगुवा समाजसेवी दिनेश तामाङ

शान्ति तामाङ,

‘पहिरोबाट आज पनि मान्छे मरे’ भन्ने समाचार कम गर्ने प्रण गरेका थिए, दुई महिना अगाडि भेट्दा दिनेश तामाङले। व्यक्तिगत प्रयासमा भूकम्प पीडितका लागि ५५ घर निर्माण गरिसकेका उनी फेरि पहिरोको जोखिममा रहेका १०० घर स्थानान्तरण गरी निर्माण गर्ने आत्मबलका साथ लागिपरेका छन्। बर्खाअगावै ती घर स्थानान्तरण गर्ने लक्ष्यका साथ उनले काम गर्न थालेका छन्।

दिनेश गत वैशाख ३१ गतेको स्थानीय तहको पहिलो चरणको निर्वाचनमा मतदानका लागि लापा अर्थात् रूबीभ्याली गाउँपालिका पुगेर फर्किएका छन्। उत्साहका साथ मतदान गर्न पुगेका उनको जोस भने खासै देखिँदैन। स्थानीय सरकारले ठूलो काम गर्ला भनेर धेरै आश पनि छैन उनलाई। जुन छानिएका उम्मेदवार छन्, तीबाट आशावादी हुन नसकेपछि फेरि आफ्ना गाउँलेलाई बचाउन लागेका हुन्। त्यसकै लागि १०० घर बस्ती स्थानान्तरणमा लागेका छन्। दिनेश सहित १ सय १० जना आफ्नै खर्चमा मतदान लागि रूबीभ्याली पुगेर पुनः ढोला फर्किएका हुन्।

निर्वाचनपछि बस्ती व्यवस्थापनकै सिलसिलामा दुई महिनापछि काठमाडौंमा भेटिएका उनी लापा गाविस अर्थात् हालको रूबीभ्याली गाउँपालिकाबाट १०० घर सार्नका लागि लागिपरेका छन्। ‘घर सार्नका लागि सहयोगको आश्वासन त पाएको छु। तर सहयोग पाएको छैन,’ उनी भन्छन्, ‘बर्खा लाग्नुभन्दा अगाडि बस्ती सारिएन भने धेरैको ज्यान जान सक्छ। त्यसैले टेन्टमै भएपनि सार्ने विचार बनाएको छु।’ उनले रूबीभ्याली गाउँपालिका ५ नम्वर वडाबाट ४०, ४ बाट २०, ३ बाट २० र १ बाट २० घर सार्नका लागि तयारी गरेका छन् ।

बस्ती सार्नका लागि उनले सम्भावित ठाउँ पनि अनुमान गरिसकेका छन्। बस्ती स्थानान्तरणका लागि उनले धादिङकै गजुरी, आदमघाट वा ढोलालाई उपयुक्त मानेका छन्। भन्छन्, ‘गजुरी र आदमघाटमा भएन भने यो बर्खाअगावै ढोलामै भएपनि ल्याउनेछु।’ यसका लागि उनी फेरि यो हप्ताभित्रै रूवीभ्याली जाने तयारीमा छन्। यो पटक पनि उनले छनोटका आधार बनाएका छन्। उनका अनुसार पटक पनि राजधानी र सदमुकाममा घर, जग्गा नभएको, एकल महिला, अति विपन्न लगायत छनोटमा पर्नेछन्। यो पटकको घरको संरचना भूकम्प प्रतिरोधी हुने भए पनि पहिलाको भन्दा केही फरक हुनेछन्।

पुरानो बस्तीमा के हुँदैछ?
‘ढोलामा सारिएको बस्तीनै उचित व्यवस्थापन हुन सकेका छैन, अझै धेरै संरचना निर्माण हुन बाँकी छ।’ यति भन्दा दिनेश केही थकित देखिन्थे। ५५ परिवारले बस्नका लागि बास त पाएका छन्। यसका अलावा अन्य धेरै काम गर्न बाँकी छन्। बस्तीमा बल्ल बिजुली बत्ती बालिएको छ। घरमा भर्याङ हाल्ने काम भइरहेका छन्। ट्वाइलेट, बाथरूम बनाउने काम बल्ल सुरू भएको छ। बस्तीमा स्तुपा, हेल्थ सेन्टर, प्राथमिक तहको विद्यालय, बैठक भवन, सामूहिक किचनलगायत निर्माण पनि बाँकी रहेका छन्।

आयआर्जनका लागि १७ वटा तान लगेर राखिएको छ। तर तालिमको व्यवस्था नहुँदा ती तानले काम पाउन सकेका छैनन। भने मानिसहरू ज्याला मजदुरीमा लाग्न थालेका छन्। केही त यार्सागुम्बा संकलनका लागि डोल्पा लगायतका जिल्ला लागिसके। तर घरेलु उद्योग सञ्चालनका लागि काम भने भइरहेका छन्। बस्तीमा रहेका १४५ बालबालिकालाई अध्ययनका लागि विभिन्न ठाउँमा पढ्ने व्यवस्था भने उनले मिलाएका छन्।

नयाँ बस्ती निर्माण सँगसँगै स्थानीयलाई जीवनोपयोगी काममा लगाएर आर्थिक रूपमा सम्पन्न बनाउने काम अझै बाँकी रहेको उनलाई महसुस भइरहन्छ। बस्ती पूर्ण रूपमा व्यवस्थापन गर्नका लागि अझै पनि थुप्रै काम रहेको उनी स्वीकार्छन्। भन्छन्, ‘अरूले सिक्न लायक काम गर्दैछु, अझै धेरै काम गर्न बाँकी छ, हेरौं कहाँसम्मको यात्रा तय गर्न सकिन्छ।’

 

नयाँ बस्ती निर्माण सँगसँगै स्थानीयलाई जीवनोपयोगी काममा लगाएर आर्थिक रूपमा सम्पन्न बनाउने काम अझै बाँकी रहेको उनलाई महसुस भइरहन्छ। बस्ती पूर्ण रूपमा व्यवस्थापन गर्नका लागि अझै पनि थुप्रै काम रहेको उनी स्वीकार्छन्। भन्छन्, ‘अरूले सिक्न लायक काम गर्दैछु, अझै धेरै काम गर्न बाँकी छ, हेरौं कहाँसम्मको यात्रा तय गर्न सकिन्छ।’

उनले दुई चरणमा २६ र २९ परिवारलाई रूबीभ्यालीबाट धादिङकै ढोलासम्म ल्याएका थिए। यसका लागि जग्गा हेर्ने प्रारम्भिक कामदेखि सबै आफैले गरेका थिए। जग्गा प्राप्तिका लागि उनले चाइल्ड हेभेन इन्टरनेसनल क्यानडा नेपालमा कार्यरत बोनी क्यापिचिनोसँग हात जोडे, जोसँग उनको पहिल्यै व्यक्तिगत चिनजान थियो। बोनीबाट उनले दुई पटक गरेर २९ लाख प्राप्त गरे र बढी जोखिम भएको लापा गाविसको १, ३ र ६ वडाबाट एकल महिला, विपन्न लगायतलाई छानेर ल्याए।

दिनेशले लापाबाट ३ सय १० जनालाई स्थानान्तरण गरे, जसमा १ सय ४५ जना बालबालिका रहेका थिए। १६ घर त एकल महिलाको मात्र रहेको थियो। नेपाली मौलिकता झल्किने, नमस्ते आकारको छानो, तल दुई माथि दुई गरी चार कोठाको घर बनेको छ। अगाडि बरन्डा निकालिएको छ। शौचालय भने घर बाहिर राखिएको छ।

१६ करोड बराबरमा निर्माण भएको बस्ती रूवीभ्याली गाउँपालिकाको कपुर र नेबेर गाउँबाट झन्डै तीन सयलाई स्थानान्तरण गरेका थिए। बस्तीमा बस्नेहरूकै श्रमदानबाट ७२ असारबाट नै बस्ती निर्माण कार्यको सुरूवात भएको बस्ती श्रमदानमा प्रत्येक घरका दुई जनाले १८ घन्टा काम गरेका थिए। ९ रेक्टर स्केलको भूकम्पसमेत थेग्ने गरी निर्माण भएको बस्ती गत चैतमा उपराष्ट्रपति नन्दबहादुर पुनले हस्तान्तरण गरेका थिए।

श्रोतः नेपालखबर

प्रतिकृया दिनुहोस