Saturday, October 21 , 2017| शनिबार, कार्तिक ४, २०७४ |
रुबीभ्यालीलाई देशकै नमुना गाउँपालिका बनाउने रामसिंङ तामाङको प्रतिबद्धता
शुक्रबार, बैशाख २२, २०७४ ००:००:०० | Comments


धादिङ । धादिङ जिल्लाको उत्तरीभेग अर्थात रुबिभ्यालीको स्थानीय निर्वाचनको लागि नेकपा माओवादी केन्द्रको तर्फबाट गाउँपालिका प्रमुखको लागि रामसिंह तामाङले उम्मेदवारी दिएका छन् ।
निर्वाचन प्रचार–प्रसारको क्रममा रुबीभ्याली पुगेका माओवादी केन्द्रका नेता रामसिंह तामाङले रुबीभ्यालीको प्रमुख पदमा आफूले जित्ने आधारहरु धेरै भएको बताए । नेकपा माओवादी केन्द्र रुबीभ्याली गाउँपालिकाका इन्चार्ज समेत रहेका रामसिंह तामाङ संसद रविन्द्रप्रताप शाहको निवर्तमान स्वकीय सचिव समेत हुन् । उनी स्थानिय शान्ति समिति सदस्य, नेपाल तामाङ घेदुङ, धादिङका अध्यक्ष, गणेश हिमाल सामुदायीक अध्ययन केन्द्रका अध्यक्ष तथा च्याम्रादेवि माविका पूर्व व्यवस्थापन समिति अध्यक्ष भएर सामाजिक सेवामा काम गरि रहेका तामाङ गाउँपालिका प्रमुखका लागि बलिया उम्मेद्वार हुन् ।
उनै तामाङले रुबिभ्याली गाउँपालिकाको विकासका लागि विशेष योजना बनाएको बताउँदै रुबीभ्याली गाउँपालिकाको प्रमुख बन्न मतदातासँग गरेको प्रतिबद्धता यस्तो छ :
शिक्षा
माध्यमिक तह देखि नै प्राविधिक शिक्षा दिने व्यवस्था गरिनेछ । यस क्षेत्रको मुख्य आयश्रोत कृषि, पर्यटन, हाइड्रो र खनिज पदार्थ भएकोले सो सम्बन्धि शिक्षाको व्यवस्था गरिनेछ ।
एक टोल–एक प्राविधिक जनशक्ति उत्पादनमा जोड दिइने छ ।
गरिब तथा जेहेन्दर विद्यार्थीलाई छात्रबृृत्तिको व्यवस्था गरि अध्ययन सकेपछि गाउँमै रोजगारको व्यवस्था गरिनेछ ।
प्रत्येक साविक वडामा एक–एक पुस्ताकालय जसमा अनिवार्य रुपमा कम्प्युटर कक्षाको व्यवस्था गराईनेछ ।
अहिलेको खस्कदो शैक्षिक क्षेत्रलाई प्रभावकारी, गुणस्तरीय र समयानुकुल बनाउन स्थानीय शिक्षक, बुद्धिजीवि र राजनीतिक व्यक्तित्वहरुसँग समन्वय अन्तरक्रिया गरि ठोस योजना निर्माण गरि कार्यन्वयनमा जोड दिइने छ ।

स्वास्थ्य
वर्तमान स्वास्थ्य चौकीलाई प्राथमिक स्वास्थ्य केन्द्रमा विकास गरिनेछ ।
एमबीबीएस चिकित्सक सहितको अत्याधुनिक सेवा सुबिधा सम्पन्न अस्पताल निर्माण गरिनेछ ।
जटिल प्रकारको स्वास्थ्य समस्यामा समयमै अस्पताल पु¥याउने व्यवस्था गरिनेछ ।
सामुदायिक औषधि सञ्चालन गरि सर्वसुलभ रुपमा औषधी वितरण गरिनेछ ।
पसल र घर–घरबाट प्रयोगपछि निस्कने प्लाष्टिक र प्लाष्टिक जन्य वस्तुहरु, औषधि र मदिराजन्य सीसीहरुलाई पुनः उपयोग गर्न उचित व्यवस्थापन गरिनेछ ।

एक चक्रिय कोषको स्थापना
प्राकृतिक प्रकोपमा उद्धार तथा राहत वितरण गर्ने ।
आकष्मिक स्वास्थ्य उपचारको लागि विना व्याज ऋण सेवा प्रदान गरिनेछ ।
अस्पतालसँग समन्वय गरि आकष्मिक स्वास्थ्य समस्या पर्दा कोषबाट भूक्तानी दिने गरि १ लाख सम्मको उपचारको व्यवस्था विना धरौटी गर्ने व्यवस्था मिलाउने छ ।

महिला, बालबालिका, जेष्ठ नागरिक, दलित, अपांग सम्बन्धि
महिला, दलित, वालवालिकाहरुको नेतृत्व विकास तालिमहरु सञ्चालन गरिनेछ ।
शीपमुलक तालिम सञ्चालन गरि आय–आर्जनमा बृद्धि गरिनेछ ।
उद्यमशीलतासँग सम्बन्धि तालिम सञ्चालन गरि महिला युवा स्वरोजगार कार्यक्रम लागू गरिनेछ ।
प्रत्येक वडा स्तरीय वाल सञ्जाल गठन गरि बालकल्याण कोषको स्थापना गरि कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
जेष्ठ नागरिकहरुलाई हरेक सरकारी सेवामा प्राथमिकता दिईनेछ ।
जेष्ठ नागरिकहरुको भेला गरि उनीहरुको अनुभवलाई शिक्षाको रुपमा लिई इतिहासको रुपमा संरक्षण, सम्बद्र्धन गरिनेछ ।
आवश्यकताको पहिचान गरि जेष्ठ नागरिकहरुको लागि सुविधा सम्पन्न निःशुल्क सामुहिक घरको स्थापना गरिनेछ ।
अपांगहरु शारीरिक रुपमा अपांग भएपनि मानसिक रुपमा सक्रिय हुनेहुँदा उनीहरुलाई शिक्षा, स्वास्थ्यका साथ उनीहरुको अन्तरनिहित क्षमताको आधारमा कला र शीपमुलक विकासको लागि आवश्यक तालिमको व्यवस्था निःशुल्क रुपमा दिई रोजगारीको व्यवस्था मिलाइनेछ ।
पूर्णरुपमा अपांग भई केही गर्न नसकिने व्यक्तिहरुलाई आधारभुत आवश्यकता उपलब्ध गर्न गाउँपालिकाबाट उचित व्यवस्था मिलाउनेछ ।

सूचना, सञ्चार तथा संघ-संस्था
हरेक वडा स्तरमा एउटा सूचना केन्द्रको स्थापना गरिनेछ । जहाँ सम्पूर्ण सरकारी, अर्धसरकारी तथा गैरसरकारी सूचनाहरु प्राप्त गर्न सकिनेछ ।
हालसालै नेपाल टेलिकमको टेलिफोन सेवा सुचारु भाईसकेको सन्दर्भमा वाईफाई मार्फत इन्टरनेटको पहुँच सर्वसुलभ गरिनेछ ।
सबै वडा भरिका गैरसरकारी संघ÷संस्थाहरुलाई नियमन गरि प्रभावकारी र व्यवस्थित गरिनेछ ।
गैरसरकारी संघ÷संस्थाहरुलाई एकअर्काको कार्यक्रम दोहोरो नहुने गरि समन्वय गरिनेछ ।

खानेपानी
आजको बढ्दो खानेपानी समस्यालाई मध्यनजर राख्दै आगामी ५ वर्ष भित्रमा सबैलाई सफा, स्वच्छ खानेपानीको वितरण गर्ने विशेष व्यवस्था गरिनेछ ।
यस गाउँपालिकाको सबै ६ वटै वडाभरिका सबेै पानीका मुहानहरुलाई एकीकृत गर्दै व्यवस्थित तथा वैज्ञानिक तरिकाले सबै घरहरुमा समान रुपमा खानेपानी वितरण गरिनेछ ।
करेसाबारी र फलपूmलको बोटमा सिंचाई गर्न आवश्यक पानीको व्यवस्था गर्न प्रत्येक घरमा आधुनिक किसिमले आकाशे पानी संकलन गर्ने व्यवस्था गरिनेछ ।
यस गाउँपालिका भरी रहेका रहेका पुरानो ऐतिहासिक कुवा, ढुंगेधाराहरुलाई पुनर्निर्माण, संरक्षण र सम्बद्र्धन गरिनेछ ।

जलविद्युत
मुलुकको आर्थिक, सामाजिक रुपान्तरणको एक महत्वपूर्ण आधार जलविद्युत भएकोले यसको उपलब्धता, उपयोगीताले समाजको समुन्नतिलाई सुनिश्चत गर्ने आधारशिला भएको हुँदा यसलाई अधिकतम् उपयोग गरि विभिन्न किसिमका उद्यमशील क्रियाकलापहरु सञ्चालन गरि उत्पादन, विधुतिकरण केन्द्रिय लाइन, वितरण क्षेत्रमा विशेष योजना सहित युवाहरुलाई परिचालन गरिनेछ ।
बहुचर्चित आँखु खोलाको मुहान क्षेत्रबाट झण्डै १०० मेघावट भन्दा बढी विद्युत उत्पादन हुने संम्भावना रहेको देखिन्छ । यस क्षेत्रबाट उत्पादन हुने हाईड्रोपावरबाट प्रत्येक घरधुरीमा कम्तिामा १ लाख बराबरको सेयर बाँडफाँटलाई सुनिश्चिता गरिनेछ । 
हाईड्रोपावरलाई रोजगारीको प्रमुख श्रोतको रुपमा परिचालन गरिनेछ ।

भाषा, कला, सँस्कृति र साहित्य
भाषा, साहित्य, कला र सँस्कृति समाजको पहिचान भएकोले यहाँका सबै भाषा, भेषभुषा, साहित्य कला र सँस्कृतिको सम्बद्र्धन र विकासलाई उच्च प्रथमिकताका साथ कार्ययोजना बनाई कार्यन्वयन गरिनेछ ।
हाम्रो समाजमा रहेका विभिन्न जातजातिहरुले मनाउदै आएका धर्म, सँस्कृृति रितीरिवाज, चालचलनको खोज अनुसन्धान र संरक्षण गर्न विशेष व्यवस्था गरिनेछ ।
तामाङ र गुरुङहरुको पहिचान झल्किने संस्कृति, भेषभुषा, भाषा, लोक साहित्य, रितिथिती, परम्परा र आस्थाको धरोहरहरु संरक्षण र सम्बद्र्धन गर्न सङग्राहालयहरु निर्माण गर्ने ।
स्थानीय आदिवासी समुदायको भाषा प्रशिक्षण कार्यक्रमहरु संचालन गरि संरक्षण गरिनेछ । 
कला र साहित्य क्षेत्रमा अग्रसर व्यक्तित्वहरुबाट विभिन्न विधाहरुमा तयार गरिएका रचनाहरुलाई प्रकाशन, संरक्षण र अभिलेखिकरण गर्न आवश्यक व्यवस्था मिलाईने छ ।
कला, साहित्य, धर्म र सँस्कृतिको क्षेत्रमा निरन्तर क्रियाशिल रहने व्यक्तित्वहरुलाई प्रोत्साहित, सम्मानित र पुरस्कृत गरिनेछ ।
धार्मिक मुल्य मान्यता बमोजिम प्रत्येक वडाहरुमा व्यवस्थित मसानघाट निर्माण गरिनेछ ।

कृषि
रुबी भ्याली गाउँपालिकाको सबै वडाहरुमा वडा स्तरीय कृषक समूह स्थापना गरि सिंगो वडा स्तरीय कृषक समन्वय समिति गठन गरिने र त्यसको विशेष जिम्मेवारी कृषि सहकारी संस्थालाई नेतृत्वदायी भूमिका निर्वाह गर्न व्यवस्था मिलाईनेछ ।
कृषि सहकारी संस्थाले यस गाउँपालिकाको गाउँपालिका स्तरिय राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, संघ÷संस्था प्रतिनिधि, बुद्धिजीवि, शिक्षकहरुको भेला आयोजना गरि विशेष कृषि क्षेत्रको विशेषज्ञ झिकाई बृहत अन्तरक्रिया गरि अन्तक्रियाको निश्कर्षको आधारमा हावापानी, पर्यवरण, माटोको परिक्षण गरी निश्चित ठाउँलाई कृषि योग्य क्षेत्र घोषणा गरि आवश्यक रणनीतिक कार्ययोजना निर्माण गरि कार्यन्वयन गरिनेछ ।
उत्पादित कृषिजन्य, दुधजन्य, पशुपंक्षीजन्य वस्तुहरुको बिक्रि वितरणको लागि कृषि व्यवसायीहरुलाई उचित मुल्य पाउने गरि बजारको व्यवस्थापन गरिनेछ ।
एकघर–एक करेसाबारीको अवधाराणा कार्यन्वयन गरि स्वच्छ, ताजा तरकारीमा आत्मनिर्भर बनाइनेछ ।
एक घर कम्तिमा पाँच ओटा माटो सुहाउँदो फलफूलको बोट लगाउन प्रोत्साहित गरिनेछ ।
एक घर दुई फोहोर फाल्ने खाल्डोका व्यवस्था गरिनेछ । (कुहिने र नकुहिने वस्तुको लागि)
कृषिलाई अर्गानिक खेतीमा विशेष जोड दिई कृषकहरुलाई आवश्यक मल विउको सहज ढंगले उपलब्ध हुने व्यवस्था मिलाईने छ ।
एउटा गाउँपालिका  र प्रत्यक वडालाई स्तरीय कृषि सामग्री केन्द्र स्थापना गरिने छ ।
कृषि व्यवसायीहरुलाई सहयोग पु¥याउने हिसाबले एक जना जेटीएको व्यवस्था गरिनेछ ।

पशुपंक्षी
व्यवसायिक रुपमा पशुपंक्षी गाई, भैंसी, च्याङ्ग्रा, चौरी, भेडा, बाख्रा, कुखुरा पालनलाई आवश्यक प्राविधिक तालिमका साथ युवाहरुलाई व्यवसायिक रुपमा अगाडि बढ्न प्रोत्साहन दिइनेछ ।
चौरीगाई पालन व्यवसायलाई विशेष प्राथमिकतामा राखि चिज उद्योग स्थापना गर्ने ।
पशु व्यवसायीहरुलाई सहयोग पु¥याउने हिसाबले भेटनरि क्लिनिकको व्यवस्था गरिनेछ ।
पशु स्वास्थ्य विमा प्रभावकारी ढंगले सञ्चालन गरिनेछ ।

दुध
यस गाउँपालिकामा दुध विकास सहकारी संस्था स्थापना गरि व्यवसायीक रुपमा आधुनिक ढंगले गाई र भैंसी पालन गर्न युवारुलाई प्रोत्साहन गरिनेछ ।
किसानहरुबाट उत्पादित दूध संकलन गर्न व्यवस्था मिलाईनेछ ।
एक दुग्ध चिस्यान केन्द्र स्थापना गरिनेछ ।
दूधजन्य परिकार बनाउन आवश्यक प्रविधि तथा शीप विकास तालिम सञ्चालन गरि कार्यन्वयन गरिनेछ ।
व्यवसायीहरुलाई आवश्यक ऋण आफ्नै स्थानीय सहकारी संस्थाबाट उपलब्ध गर्न गराउन विशेष व्यवस्था मिलाउनेछ ।

वनजंगल
‘हाम्रो वन, हाम्रो शान, यसमा छ हाम्रो जीवन’ भन्ने मूल नाराका साथ जलबायू परिवर्तन तथा वायू प्रदुषणका कारण प्रदुषित वातावरण स्वच्छ गर्न गराउन तथा न्यूनिकरण गराउन,  पानीको मुहान संरक्षण गर्न एवं पशुपंक्षीको वासस्थानको व्यवस्था गर्न हाल रहेको वन जंगललाई संरक्षण गर्दै नांगो पाखाहरुमा बृक्षरोपण गर्न एक सामुदायिक नर्सरीको व्यवस्था गरिनेछ ।
निश्चित वनपाखाहरुमा बाँस, निगालो रोपी यसबाट विभिन्न सामग्री निर्माण गर्न समुदायलाई प्रोत्साहित गरिनेछ ।
जटिबुटी ब्यबस्थापना र प्रसोधन केन्द्र स्थापना गरी स्थानियहरुको आय आर्जन बढाउन दिर्गकालिन योजना बनाउनेछ ।
बहुमुल्य पत्थर, धातु र खनिज पदार्थहरुको चोरी निकासीलाई नियन्त्रण गरिनेछ ।
बहुमुल्य खनिज पदार्थ रहेको क्षेत्रमा अनुसन्धान गरि आय श्रोतको रुपमा विकास गरिनेछ । 
अव्यवस्थित निजी तथा सार्वजनिक जग्गालाई व्यवस्थित गरिनेछ ।

खेलकुद
खेल राष्ट्रको गहना हो, पहिचान हो भन्ने नाराका साथ खेलकूदको माध्यमबाट युवाहरुलाई संगठीत तथा गोलबन्द गरि कुलत तथा लागुपदार्थ दुव्र्यसनीबाट बचाउने उद्देश्यका साथ गाउँपालिका स्तरिय र वडा स्तरीय खेलकुद विकास समिति गठन गरिनेछ ।
अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता आयोजना गरिनेछ ।
वार्षिक रुपमा खेलकुद साप्तह आयोजना गरिनेछ ।
रुबी भ्याली गाउँपालिका स्तरिय खेलकुद विकास समितिसँग समन्वय गरि राष्ट्रिय स्तरीय खेलकुल आयोजनामा सहभागी गराइने विशेष व्यवस्था गरिनेछ ।
प्रत्येक वडामा भब्य सुबिधासम्पन्न खेलमैदानको व्यवस्था गरिनेछ ।

पर्यटन
पर्यटन नेपालकै एक महत्वपूर्ण उद्योग रहिआएको छ । नेपाल एक जातिय र भौगोलिक रुपमा विविधतापूर्ण राष्ट्र हो । यहाँ सय भन्दा बढी भाषा, जातिहरु रहेका छन् । प्राकृतिक दृष्टिकोणले नेपालमा मनोरम दृष्यहरु प्रशस्तै छन् । यहाँ विश्वका ८ हजार मिटर भन्दा माथिको १४ माध्य ८ वटा हिमालहरु रहेका छन् ।
रुबी भ्याली गाउँपालिका पनि पर्यटनको उच्च सम्भावना बोकेको क्षेत्र हो । गणेश हिमालको मनोरम दृष्य र यहाँ रहेका तामाङ, गुरुङ, घले, दलित र नेवार जातिको संस्क्रिती, चाड पर्व, परम्परा र रितिथितीले पर्यटकहरुलाई आकर्षित गर्छन् भने बहुमुल्य धातु रुबी र क्वार्जले यात्रालाई थप रहस्यमय बनाउछन । यी सबै कुराले गर्दा यहाँ पर्यटनको प्रचुर सम्भावना रहेको छ । यस गाउँपालिकाको अधिकांश मानिसहरु पर्यटन ब्यवसायमा आकर्षित भइरहेका छन । त्यसैले पर्यटन क्षेत्र विकासका लागि बाह्य तथा आन्तरिक पर्यटक आकर्षण गर्न निम्न कुराहरुमा पहल गरिनेछ ः
यस गाउँपालिका भित्र रहेका गुम्बा, चर्च, तातोपानी, दह, कुण्ड, मठमन्दिर, म्हाने, छ्योर्तेन, चौतारो, गुफाहरु लगायतका महत्वपूर्ण धार्मिक सम्पदाहरुको पुनर्निर्माण तथा संरक्षण गरि प्रचार–प्रसार गरिनेछ ।
होम स्टे सञ्चालन गर्न विशेष पहल गरिनेछ ।
प्रत्यक वडामा एक संग्रहलय स्थापना गरिनेछ जहाँ वडा भित्रका सबै जातजातिहरुको धर्म, संस्कृति सम्बन्धि सामग्रीहरु, भेषभुषा तथा लोपोन्मुख सामग्रीहरुको संग्रह गरि राखिनेछ ।
स्थानीय पर्यटन व्यवसायीहरुलाई इन्टरनेटको व्यवस्था पश्चात गाउँमै अफिस स्थापना गर्ने व्यवसायीहरुलाई प्रोत्साहन स्वरुप स्थानीय सरकारबाट लिने करमा विशेष छुटको व्यवस्था गर्नेछ ।
यहाँको अधिकांश मानिसहरु पर्यटन व्यवसायमा संलाग्न रहेकोले आ–आफ्नो सम्पर्कमा आउने बाह्य पर्यटकहरुलाई आफ्ना गाउँमा ल्याउन उत्पे्ररित गरिनेछ ।
पर्यटकहरुलाई यहाँ भएका भौगोलिक, धार्मिक, प्राकृतिक र एतिहासिक सम्पदाहरुको महत्वबारे जानकारी दिनको लागि र आगमन भएका पर्यटकहरुको सुचना र सुरक्षाको लागि सुचना केन्द्रहरु प्रत्येक वडाहरुमा स्थापना गरिनेछ ।
यस गाउँपालिकामा रहेका अन्य पर्यटकिय सम्भावनाहरुको थप सम्भाब्यता अध्ययन गरी नयाँ पर्यटन गन्तब्य र आकर्शनहरुको प्रबर्धन गरिनेछ ।
यस क्षेत्रलाई संरक्षण क्षेत्र घोषणा गर्नको लागि बिशेष पहल गर्ने छ ।
प्याल्दोर पिक क्लाइम्बिङलाई व्यवस्थित र प्रबद्र्धन गरि युवाहरुलाई रोजगारीको श्रृजना गरिने छ ।
गणेश हिमाललाई धार्मिक धरोहरको रुपमा प्रचारप्रसार गरि विश्वसामु परिचित गराईनेछ । 

यातायात
सडक सञ्जाल जोड्न बाँकी बस्तीहरुमा छिटो भन्दा छिटो सडक निर्माण गरिनेछ ।
सोम्दाङ–तिप्लिङ सडकखण्डलाई यथा सिघ्र सेर्तुङ देखि लापा गाउँसम्म विस्तार गरिनेछ । 
धादिङ्बेसी–साङकोस–तिप्लिङ सडकखण्डलाई विशेष प्राथमिकताका साथ बजेट व्यवस्थापनमा जोड दिई केही वर्षभित्र तिप्लिङ पु¥याईनेछ ।
यस सडकलाई पर्यटनमैत्री र पर्यावरणमैत्री बनाईनेछ ।
यस गाउँपालिका भरिका एक वस्तीबाट अर्को वस्तीमा आवतजावत गर्ने गोरेटो बाटोहरुलाई व्यवस्थित गरिनेछ ।

पुनःनिर्माण /भूकम्प पिडित 
२०७२ वैशाख १२ को भूकम्पले क्षतविक्षत तुल्याएको रुबीभ्याली पुनः निर्माणमा विशेष योजनाका साथ अगाडी बढाईनेछ ।
सरकारद्धारा उपलब्ध पुनःनिर्माण राहातमा छुटमा परेका घरधुरीहरुलाई यधासिघ्र राहात उपलब्ध गराउन पहल गर्ने।
भूकम्प प्रतिरोधात्मक घर पुनःनिर्माण कार्यक्रमलार्य विशेष प्राथमिकताका साथ कार्यन्वयनमा ल्याईने ।    
 

प्रतिकृया दिनुहोस