Saturday, October 21 , 2017| शनिबार, कार्तिक ४, २०७४ |
मेरो भगवान
आइतबार, बैशाख १७, २०७४ १७:५४:३९ | Comments

म झुक्दिन
ढोग्दिन पनि 
न त रातो अबिर छरेर 
नै मनाउँछु तिम्रो उत्सव
म चढाउँदिन भेटी
टिप्ने छैन निर्दोष फूलहरु
छाड्ने छैन् 
मेरो श्रद्धाका भक्तिहरु
तिम्रो चरण स्पर्शमा
तर
मलाई भेट्नु छ 
कुनै दिन तिमी
साक्षी छन्


लामा लामा विगतका 
जोडिएका खोटहरु
तिमीले 
मात्र तिमीले 
दिएको झुटको बयान बोकी म
उभिएको छु युगौंयुगदेखि
कुन मन्दिर छौं तिमी
गुम्बा
अनि मस्जिद
या चर्च
अझै भनौं 
कुन मुर्तिमा छौ तिमी
झुटोको खोल ओढेर
खोक्रो आडम्बरीको आढेस लगाई
आज बिन्ती गरी 
अनि दया गरी
निस्किदेऊ 
हाम्रो लेनदनको हिसाब गरी देऊ
म चित्त बुझाउँला 
मै सहुँला 
चर्को ब्याजको धारमा रही
स्वीकार्य मेरो औंलाहरु जोडी
म संयौ जुगको बोझ विसाउँला
तर
म मान्दिन
र झुक्दिन पनि
म कहिल्यै ढोक्दिन पनि

-पुनम थिङ
न्यूयोर्क 

प्रतिकृया दिनुहोस