Monday, December 18 , 2017| सोमबार, पौष ३, २०७४ |
आर्थिक सङ्कटले बनायो सफल व्यवसायी
बिहीबार, फाल्गुण ५, २०७३ १३:४५:०० | Comments

कुमार शाक्य
समाजसेवी एवम व्यवसायी

सफल व्यवसायी कुमार शाक्यलाई नचिन्ने सायदै कोही होलान् । उनको नाम एक क्षेत्र होइन अनेक क्षेत्रमा फैलिएको छ । 
युवामाझ उतिकै लोकप्रिय शाक्य सामाजिक क्षेत्रमा झनै चर्चित छन् । समस्यामा परेका सबैलाई उनले सहयोगका हात फैलाउने गरेका छन् । ३६ वर्षिय शाक्य काठमाडौंवासी हुन् । स्वर्गीय पुष्परत्न शाक्य र आमा कल्पना शाक्यको कोखबाट जन्मेका शाक्य एक सफल युवा व्यवसायी एवम समाजसेवीको रुपमा परिचित छन् । 
यसका अलवा समाजसेवा र राजनितिमा पनि उनी सक्रिय युवाको रुपमा चिनिन्छन् । राष्ट्रिय प्रजातान्त्रिक पार्टीका भोलिन्टियर केन्द्रिय सदस्य समेत रहेका शाक्य युवा फेशन प्रा.लिका प्रबन्ध निर्देशक हुन् । उनी चलचित्र निर्माता समेत हुन् । यस अलवा विभिन्न क्षेत्रमा उनले लगानी गरेका छन् । उनै शाक्यसँग समाजसेवाको भूमिकाबारे नेपाली बुलेटिनले गरेको कुराकानी :

आज भोलि तपाई के गर्दै हुनुहुन्छ ?
आफ्नै व्यवसायमा प्राय व्यस्त रहन्छु र बचेको समय समाजसेवामा खर्च गर्दै आएको छु ।

तपाई कसरी समाज सेवामा प्रबेश गर्नु भयो ?
म समाजसेवामा प्रबेश कसरी गरे भन्दा म सानैदेखि दयालु स्वभावको थिए र म आफै दुःख गरेर आएको व्यक्ति हुँ । आर्थिक कमजोरीका कारण उपचार गर्न नसकी पिडित भएर जिवन मरणको दोसाँधमा रहेका व्यक्तिहरुलाई सेवा गर्नु राम्रो कुरा ठाने र मैले गरेका सेवाले कसैको जिवन पाउँछ भने किन समाजसेवा नगर्ने हो भनेर समाजका लागि केही सेवा गर्ने उद्देश्यका साथ समाजसेवामा प्रवेश गरेको हँु ।

तपाईले कस्तो व्यक्तिहरु माथि  समाजसेवा गर्नु भएको छ ?
आर्थिक अभाबका कारण उपचारमा समस्या भएर मृत्यृ शैयामा छटपटी रहेका व्यक्तिहरु साथै समाजमा रहेर केही उर्जाशिल काम गर्छु भन्दापनि गर्न नसकेका व्यक्ति, समुह र संस्थाहरुलाई सहयोग गर्दै आएको छु ।

तपाईको विचारमा समाजसेवा भनेको के हो जस्तो लाग्छ ?
समाजसेवा भनेको समाजको गाउँ ठाउँमा रहेका निमुखा गरिबीले पिल्सेकाहरुलाई केही राहत गर्नको साथै समाजलाई सकरात्मक बाटोमा अगाडी बढाउनका लागि मनैदेखि आर्थिक भौतिक तथा नैतिक रुपमा लागेर अगाडी बढ्नु नै समाजसेवा हो जस्तो लाग्छ ।

आगामी दिनमा समाजसेवालाई कसरी अगाडी बढाउने सोच बनाउनु भएको छ ?
आगामी दिनहरुमा आर्थिक कमजोरीका कारण उपचारमा समस्या भएका पिडितहरुका साथै केही सहयोगले प्रगतिको लागि राहात पुग्ने व्यक्ति समुह र संस्थाहरुलाई मैले सक्ने सेवा, आर्थिक, भौतिक तथा नैतिक रुपमा भएपनि सहयोग गर्दै अगाडी बढ्ने सोच बनाएको छु ।

समाजसेवामा कस्ता कस्ता समस्या र चुनौतीहरु सामना गर्नु भएको छ ?
समस्या र चुनौती छ नै कोही यस्ता व्यक्ति पनि छन् जो आफै पनि केही गर्दैनन र अरुले गरेको पनि देख्न नसक्ने कुरा काट्नेहरु पनि पाएको छु तर जस्तो समस्या चुनौती आए पनि सामना गर्दै अगाडी बढ्ने अठोत लिएको छु  ।

चर्चामा आउन मात्र समाजसेवा गर्नु भएको होकी ? खास उदेश्य के हो ?
चर्चामा आउनको लागि भन्दा पनि म आफै धेरै संघर्ष गरेर सफल व्यवसायी भएको हुँ । मलाई अरुले जे भन्लान पैसा कमायो चर्चामा आउन पैसा खर्च गर्याे भनेर, तर मेरो उद्देश्य पिडितहरुलाई केही राहत दिने हो मेरो सानो सहयोगले कसैले जिवनदान पाउन सकोस कुनै संस्था या समुहले प्रगतीको लागि राहात पुगोस भन्ने उदेश्यले समाजसेवा गर्दै आएको छु ।

अन्त्यमा केही भन्नु छ की ?
ज–जस्ले धेरै पैसा धन सम्पती कमाउनु भएको छ मरेर कसैले केही लानु हुन्न समाजमा रहेका पिडित भएका समुदाय तथा व्यक्ति संघ संस्थाहरुलाई मैले गरेको सानो सहयोग जस्तै तपाईहरुले पनि समाजका लागि केही सहयोग गर्नुहोस । तपाईहरुले मद्यपान तथा धुम्रपानमा हजारौ सकी रहनु भएको छ, सो रमकले कसैको घरमा राहत पुग्नेछ भन्न चाहान्छु र आगामी दिनमा पनि समाजका लागि सेवा गरिरहने यो तपाईहरुको सञ्चार माध्यमबाट प्रतिबद्धता गर्न चाहान्छु । साथै तपाईहरुले मेरो केही कुरा यसरी राख्न दिनु भएकोमा तपाई लगायत सम्पुर्ण टिम प्रति आभारी छु ।
 

प्रतिकृया दिनुहोस