Monday, December 18 , 2017| सोमबार, पौष ३, २०७४ |
'सामान्य काम र सहयोगले पनि कसैको जीवन परिवर्तन हुन सक्छ'
आइतबार, माघ २३, २०७३ १७:०२:३६ | Comments


सरला थापा वेलायतको लण्डनमा बसोबास गर्छिन । वेलायतका नेपालीहरु बीच परिचित सरला विदेशमै बसेर पनि नेपालमा विभिन्न सामाजिक काममा अत्यन्तै सक्रिय छिन् । ब्रिटिस गोर्खा आर्मी परिवारमा नेपालको तनहुँमा जन्मिएर ब्रुनाई र वेलायतमा हुर्किएकी सरला लण्डनमा हुने प्रायः कार्यक्रमहरुमा सहभागी हुन्छिन् । 
उद्घोषण र मिडिया पेशा सरलाको लगाव हो । आवश्यकतामा परेकालाई सहयोग गर्न जुटिहाल्ने सरलाले सहयोग जुटाएर नेपालका ग्रामीण भेगमा सयौं बालबालिकालाई सद्भाव छात्रवृत्तिमार्फत पढाइरहेकी छिन् । यसै वरिपरि रहेर सरलासँग नेपाली बुलेटिनका प्रतिनिधिले गरेको कुराकानीको सारांश: 

नेपालमा भुकम्प गएपछि तपाईंले धेरै ठाउँमा राहत जुटाउने र सहयोग गर्ने अभियानको नेतृत्व गर्नु भयो । यसको अनुभव कस्तो रहयो ? 
यसलाई शब्दमा कसरी व्यक्त गर्ने मलाई थाहा छैन् । मैले साह्रै उदार भावनाले सहयोग गर्ने असाधारण व्यक्तिहरुसँग भेट्ने मौका पाए । हरेक मानिसहरु आफैं पीडित भएपनि स्वच्छन्दरुपमा एक अर्कालाई खुसीका साथ सहयोग गरेको देखें । मेरो टिम बैशाख २९ गतेको दोश्रो भुकम्पका आउँदा फिल्डमै थियौं । यो नै मलाई जीवनमा धेरै डरलागेको क्षण थियो । नेपालमा भुकम्प गएलगत्तै मेरो मनमा नेपाल गएर उद्दार सहयोगमा जुटौं की पछि जाऔंला भनी दोधार उत्पन्न भएको थियो । स्वास्थ्य क्षेत्रमा मेरो अनुभव नभएकाले नेपालमा गएर दुःखमा परिरहेका समुदायका लागि झन समस्या हुनु हुँदैन भन्नेमा म दृढ थिए ।


आफुसँग धेरै ज्ञान नहुँदा रामै्र मनसायले गएपनि स्थानीयलाई बोझ पर्न सक्नेमा म सचेत थिंए । मैले अन्ततः नेपाल जाने निर्णग गरे । हामीले नर्स र स्वयंसेवकहरु सहितको एउटा समुह बनायौं । सुरुमा हामीले तत्कालीन राहत वितरणका लागि केही स्थानीय संघसंस्थाहरुसँग सहकार्य ग¥यौं । यसक्रममा स्थानीयहरुसँग सम्पर्क बढाउँदै योजना गर्ने काम सिक्ने मौका जुट्यो । त्यसपछि भुकम्पले क्षत्विक्षत भएका विभिन्न जिल्लाका ५ विद्यालयहरुमा हामीले अस्थायी कक्षा कोठाहरु निर्माण ग¥यौं । स्थानीयहरुले आफनो भत्किएको घरहरु बनाउन सुरु गरिसकेकाले व्यक्तिहरुलाई सहयोग गर्नु भन्दा पनि हामीले विद्यालयमा प्राथमिकता दियौं । यसले गर्दा विद्यार्थीहरुलाई भुकम्पको पीडाबाट केही राहत दिएर सकारात्मकता तर्फ प्रोत्साहन गर्दै विद्यालय शिक्षालाई निरन्तरता दिलाउने हाम्रो उद्देश्य हो ।

विदेशमा बसेपनि नेपालमा सहयोग जुटाउने काम प्रोत्साहन तपाईलाई मिल्यो? 
म सानै हुँदा देखि नै मेरो आमाले सकेको मद्दत गर्न हिच्किचाउनु हुन्न भनेर भन्नु हुन्थ्यो । मैले त्यसैलाई आफनो मुलमन्त्र बनाएको छु । मैले गर्न सक्ने सहयोग गर्न दायित्व हो भन्ने लाग्छ । मेरो क्षमताले भ्याउने सहयोग गर्न सक्छु भने म सदैव तत्पर छु । सामान्य कामहरुले पनि कसैको जीवन परिवर्तन हुन सक्छ । अस्पतालमा विरामीको दोभाषे भएर सहयोग गर्नुजस्तै कयौं यस्ता कामहरु ग्र्न सकिन्छ । 

तपाई धेरै सामाजिक कामहरुमा सक्रियतासाथ लागिरहनुभएको छ, समय कसरी मिलाउनु हुन्छ ? 
यो सबै हामीले कुन कामलाई प्राथमिकता दिन्छौ भन्नेमा भर पर्छ । यदि तपाईलाई कुनै कुरा असाध्यै मन पर्छ भने त्यसका लागि समय पनि निकाल्नु हुन्छ । यसमा समय र कामको व्यवस्थापनको भने राम्रो ज्ञान तपाईंसँग हुनुपर्छ ।

नेपालका ग्रामीण गाउँमा बालबालिकाहरुको शिक्षा किन महत्वपुर्ण छ ? 
शिक्षा सबैका लागि महत्वपुर्ण छ  । नेपालका कयौं बालबालिका अझै पनि आधारभुत शिक्षाको पहुँचमा नहुनु निरासाजनक र दःुख लाग्दो कुरा हो । सरकार र निजि तथा सार्वजनिक क्षेत्रले चालेका कदमहरुको प्रशंसा र सम्मान गर्छु । यति हुँदाहुँदै पनि उच्च दरमा पढाई छोड्ने समस्याका कारण विद्यालय भर्ना भएका बालबालिकाहरुलाई टिकाउन र उच्च शिक्षासम्म पु¥याउन अत्यन्तै चुनौतिपूर्ण छ । आजका बालबालिकालाई शिक्षित बनाए उनीहरु मात्र होईन भोलिको समाज, राष्ट्र र समग्र मानवीयतालाई नै फलदायी हुन्छ । यसका लागि पढ्ने उमेरदेखि नै बालबालिकालाई विद्यालय शिक्षामा सामेल गराउनु पर्छ । बालबालिकालाई गुणस्तरीय र स्तरिय शिक्षा दिए धेरै सहयोग हुन्छ । हाम्रो समाजका कयौं समस्याहरुको समाधान गर्ने महत्वपुर्ण हतियार शिक्षा हो । 

तपाईले हाल युकेमा नेतृत्व गरिहनु भएको सद्भाव छात्रवृत्तिका बारेमा बताईदिनुस न । 
सद्भाव छात्रवृत्ति नेपालीले नेपालीलाई कार्यक्रम कम बजेटमा ग्रामीण भेगका भाईबहिनीहरुलाई छात्रवृत्ति दिने कार्यक्रम हो । यो कार्यक्रममा विश्व भरका नेपालीहरुले आफ्नो परिश्रमको कमाईबाट बचेको सानो रकम सहयोग गरि गाउँका बालबालिकालाई सद्भावमार्फत पढाउँदै आएका छन् । कार्यक्रमले विद्यार्थीहरु छनौट गर्ने तथा गाउँमै पुगेर हस्तान्तरण गर्नु मात्र होईन जीवनमा केही गर्न प्रेरणा समेत दिँदै आएको छ । हरेक विद्यार्थीहरुले छात्रवृत्ति प्याकेजका साथसाथै दिने र लिने बीचको भावनात्मक सम्बन्धलाई पनि जोड्ने काम गर्छ । एक बर्ष पहिले मैले सद्भावको बारेमा थाहा पाएको थिएँ । मैले आफैंले एक विद्यार्थीलाई सहयोग गरी पढाउने अभियान सुरु गरें । मैले सहयोग गरेको विद्यार्थीको बारेमा मलाई रिपोर्ट आएपछि यो काम महत्वपुर्ण छ भन्ने लाग्यो । अघिल्लो बर्ष नेपाल गएको बेला म आफैं सद्भाव छात्रवृत्ति वितरणका लागि सिन्धुपाल्चोक गएको थिएँ । 
मलाई ती भाई बहिनीहरुको जीवनमा केही सहयोग गर्न पाएकोमा मनै देखि एकदमै खुसी लाग्छ । अहिले म ढुक्कका साथ भन्न सक्छु, हामीले यो अभियानलाई बढाउनु पर्छ । आफु पनि सहयोग गर्न तत्पर भएको भन्दै एक पछि अर्को जना सहयोग गर्ने व्यक्तित्वहरु थपिँदै जाँदा मलाई धेरै आनन्द महसुस हुन्छ । यसले समस्यामा रहेको थप एक बालबालिकालाई सहयोग गर्न पाउँछु भन्ने लागि रहन्छ । 

सद्भाव छात्रवृत्ति नेपालीले नेपालीलाई कार्यक्रम कम बजेटमा ग्रामीण भेगका भाईबहिनीहरुलाई छात्रवृत्ति दिने कार्यक्रम हो । यो कार्यक्रममा विश्व भरका नेपालीहरुले आफ्नो परिश्रमको कमाईबाट बचेको सानो रकम सहयोग गरि गाउँका बालबालिकालाई सद्भावमार्फत पढाउँदै आएका छन् । कार्यक्रमले विद्यार्थीहरु छनौट गर्ने तथा गाउँमै पुगेर हस्तान्तरण गर्नु मात्र होईन जीवनमा केही गर्न प्रेरणा समेत दिँदै आएको छ । हरेक विद्यार्थीहरुले छात्रवृत्ति प्याकेजका साथसाथै दिने र लिने बीचको भावनात्मक सम्बन्धलाई पनि जोड्ने काम गर्छ । एक बर्ष पहिले मैले सद्भावको बारेमा थाहा पाएको थिएँ । मैले आफैंले एक विद्यार्थीलाई सहयोग गरी पढाउने अभियान सुरु गरें ।

नेपालका बालबालिकालाई छात्रवृत्ति दिन सहयोग कसरी जुटाउनु हुन्छ ? 
मेरो अनुभवका आधारमा भन्नुपर्दा सहयोग त धेरै तरिकाले जुटाउन सकिन्छ तर कुनै पनि दबाब वा प्रलोभन नदेखाई कसैबाट सामाजिक कामका लागि सहयोग जुटाउनु व्यवसायिकता हो । यसबाट सहयोग गर्ने दाताहरु पनि हामीले गरेको सामाजिक काम र उद्देश्यमा पुर्ण रुपमा सहमत तथा विश्वास गर्नु हुन्छ भन्ने लाग्छ । 
सहयोग गर्ने पनि धेरै तरिकाहरु छन् । धेरैले आफ्नो समय दिएर सहयोग गर्नु हुन्छ । कसैले आर्थिक सहयोग गर्नु हुन्छ । मेरो सामाजिक सञ्जालको पहुँचलाई सदुपयोग गर्दै म सद्भावबारे जानकारी गराउँछु । संसार भरका मानिसहरुले यसबारे थप जानकारी मग्नुहुन्छ, सहयोग गर्नुहुन्छ । मलाई एकदमै खुसी लाग्छ । नेपालमा रहेको हाम्रो टिमले स्थानीयस्तरमा ग्रामीण विद्यार्थीहरुसम्म पु¥याउने काम गर्छ । सहयोग गर्ने मनकारी मानिसहरुले मलाई धेरै खुसी लाग्छ । 

सद्भावले ग्रामीण भेगसम्म कसरी काम गर्छ ? 
यसको सामान्य तरिका छ । कसैले सहयोग गरेमा सर्वप्रथम हाम्रो कार्यालय कार्यालय काठमाडौंमा जम्मा हुन्छ । त्यसपछि सहयोगलाई ग्रामीण विद्यार्थीलाई आवश्यक पर्ने कापी, कलम, स्कुल पोशाक, क्यालकुलेटर, स्कुल झोला, जुत्तालगायतका एक बर्षसम्मलाई विद्यालय जान पुग्ने शैक्षिक सामग्रीहरुको प्याकेजमा परिणत गरिन्छ ।
हाम्रो टिमले गाउँगाउँका विद्यालयहरुमा फर्म बाँड्ने, विद्यार्थी छनौट गर्ने र सार्वजनिक कार्यक्रम आयोजना गरी गाउँमै छात्रवृत्ति हस्तान्तरण गर्ने काम गर्छ । यो सबैको मुख्य उद्देश्य गरिबीकै कारण कुनै विद्यार्थी विद्यालय शिक्षाबाट बञ्चित हुन नपरोस भन्ने हो । संसारमा रहेका नेपालीहरुले नेपालमा सहयोग गर्ने एक उपयुक्त माध्यम सद्भाव हुन सक्छ । सहयोग गर्न चाहने र सहयोग लिन चाहने विच जोड्ने काम सदभावले गर्छ । आवश्यकतामा रहेका नेपालीहरुका बालबालिकालाई अर्को नेपालीले सहयोग गरी सद्भाव बाँड्ने भावनात्मक उद्देश्य पनि सद्भावको हो । 

हालसम्म कति जनाले पाएका छन् सद्भाव छात्रवृत्ति ? 
नेपालका विभिन्न १५ जिल्लाका २ सय भन्दा बढी विद्यालयका १ हजार ५० भन्दा बढी विद्यार्थीले छात्रवृत्ति पाएका छन् ।

अन्त्यमा, नेपालका ग्रामीण बालबालिकाहरु शिक्षित भए उनीहरुको भविष्यमा कस्तो परिवर्तन आउला ? 
शिक्षाले खोल्ने सम्भावनाका ढोकाहरु असीमित छ । शिक्षा नै व्यक्तिगत, पारिवारिक र सामाजिक उज्जवल भविष्यको प्रमुख कडी हो ।

प्रतिकृया दिनुहोस