Saturday, October 21 , 2017| शनिबार, कार्तिक ४, २०७४ |
'राजनीतिक सही ट्रयाकमा आउनासाथ तुरुन्त विकास हुन्छ'
सोमबार, पौष ११, २०७३ २१:१०:३४ | Comments

तीर्थ लामा
सभासद तथा नेता नेपाली कांग्रेस

राजनीतिसँगसँगै समाज सेवामा बढी ध्यान दिने युवा नेता हुन् काभ्रेका तीर्थ लामा । २०४६ सालको जनआन्दोलनमा समेत सक्रिय भूमिका निभाउनुभएका लामा नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ का सभासद् हुनुहुन्छ । आफ्नो क्षेत्रलाई विशेष ध्यान दिने लामा प्रत्यक्ष चुनावबाट सभासद् हुनुभएको हो । कम्युनिष्ट राजनीतिबाट आफ्नो राजनीतिक करियर सुरु गर्नुभएका लामा २०४६ देखि नेपाली कांग्रेसमा आबद्ध हुनुहुन्छ । 

अखिल छैटौंबाट लामाले आफ्नो राजनीतिक जीवन सुरु गर्नु भएको हो । कम्युनिष्ट पार्टीमा लाग्दा बढी खोक्रो आदर्श र आश्वासन मात्रै बाँड्ने गरिएकाले पछि उक्त पार्टी परित्याग गरेर कांग्रेसमा सक्रिय भएको लामाको भनाई छ । वि.सं २०३१ सालमा जन्मनुभएका लामा अहिले पार्टीभित्र संसदीय दलको कार्य समिति सदस्य र उद्योग वाणिज्य तथा आपूर्ति समितिको सदस्य हुनुहुन्छ । राजनीति र यसै सेरोफेरोमा आधारित भई लामासँग गरिएको कुराकानीको सारसंक्षेप :

किन लाग्नु भयो राजनीतिमा ?
म सुरुमा कम्युनिष्ट पार्टीमा आबद्ध थिएँ । गरिबी र असमानता हटाउने उतिबेला कम्युनिष्ट पार्टीको एजेण्डा थियो । त्यो कुराबाट म प्रभावित भएँ । कम्युनिष्ट पार्टीमा लागिरहँदा पछि त्यो एजेण्डाको कुनै कार्यान्वयन गर्नेतर्फ पार्टीका कोही पनि नेताहरु लागेनन् । त्यो कुरा केबल खोक्रो आश्वासन मात्रै भएको पाएँ । अन्तत ः प्रजातन्त्रको विकल्प भनेको प्रजातन्त्र नै रहेछ भन्ने लाग्यो । प्रजातान्त्रिक शक्तिमा लागेपछि राजनीतिक विभेद अन्त्य गर्ने र समाजको विकासमा अघि बढ्ने अभियानमा सक्रिय हुन राजनीतिमा लाग्न पुगें ।

विशेषगरी जब म काभ्रे क्षेत्र नं. १ बाट सभासद् भएँ त्यसपछि यो क्षेत्रका लागि अहिलेसम्म करिब ३० करोडको बजेट पारिसकेको छु । यो बजेट सडक बनाउन र अन्य सामाजिक कामका लागि हो । मेरो क्षेत्रको पाँचवटा विकट गाविसका लागि यसअघि मैले १६ करोडको बजेट बाटोका लागि पारेको थिएँ । अरु गाविसमा पनि १०–१५ करोड त पारिसकेको छु । खानेपानी, भवन निर्माण, बिजुली, स्कुललगायत थुप्रै आयोजनाका लागि मैले पहल गरें ।

व्यापार व्यवसाय गरिरहेको मान्छे एक्कासी राजनीतिमा लाग्दा केही घाटा भएन ?
वास्तवमा म २०५० सालमा एसएलसी दिएपछि व्यवसायमा आबद्ध भएको हुँ । मेरो कन्स्ट्रक्सन कम्पनी छ । उति बेलादेखि नै ठेक्का पट्टाको काम गर्दै आएको हुँ । म राजनीतिमा लागेर समाजको लागि केही गर्न सक्छु कि भन्ने मेरो पहिलैदेखिको चाहना हो । राजनीति र व्यवसाय भनेको आफैंले व्यवस्थापन गरेर अघि बढ्ने हो । अहिले म दुवै चिजलाई सन्तुलनढंगले मिलाएर हिंडेको छु । म आफैं पहिलेदेखि नै बुझेर राजनीतिमा लागेको हुँ । मलाई खासै घाटा भएको छैन । मैले मेरो व्यवसाय भाईहरुलाई छाडेको छु । म केबल राजनीतिमा मात्रै अहिले सक्रिय छु । 

के भिजन बोकेर तपाई राजनीतिमा छिर्नुभयो ?
मेरो एकमात्र भिजन भनेको समाजसेवा हो । म बढी प्रजातन्त्रमा विश्वास गर्छु । प्रजातन्त्रले नै सबै विभेद अन्त्य गर्छ भन्ने मलाई लाग्छ । यो विचार नै मेरो लागि उत्कृष्ट विचार हो । समाजलाई रुपान्तरण गर्ने काम प्रजातन्त्रले मात्रै गर्छ । हुन त राजनीति भनेको समाज रुपान्तरण गर्ने पनि हो । २१ औं शताब्दीको समाज बन्नुपर्छ भन्ने मेरो विचार रहीआएको छ । यसैका लागि राजनीति गर्दैछु ।

भनेपछि तपाईले आफ्नो क्षेत्रका लागि के के काम गर्नुभयो ?
म कांग्रेसमा लागेदेखि नै आफ्नो क्षेत्रका लागि बढी ध्यान दिने गरेको छु । म सभासद् हुनु अघिदेखि नै मैले धेरै सामाजिक कार्यहरु गरें । आफ्नो क्षेत्रका लागि बाटोघाटो बनाउने, विद्यालय बनाउने, विद्यालयलाई आर्थिक सहयोग गर्ने । पाटी पौवा र मन्दिर बनाउनेजस्ता कार्यमा मैले बढी जोड दिएँ । विशेषगरी जब म काभ्रे क्षेत्र नं. १ बाट सभासद् भएँ त्यसपछि यो क्षेत्रका लागि अहिलेसम्म करिब ३० करोडको बजेट पारिसकेको छु । यो बजेट सडक बनाउन र अन्य सामाजिक कामका लागि हो । मेरो क्षेत्रको पाँचवटा विकट गाविसका लागि यसअघि मैले १६ करोडको बजेट बाटोका लागि पारेको थिएँ । अरु गाविसमा पनि १०–१५ करोड त पारिसकेको छु । खानेपानी, भवन निर्माण, बिजुली, स्कुललगायत थुप्रै आयोजनाका लागि मैले पहल गरें ।

यदि तपाई देशको कार्यकारी प्रमुख हुनुभयो भने के के काम गर्नुहुन्छ ?
सबभन्दा पहिले त म राजनीतिक र आर्थिक क्रियाकलापलाई विधि संगत हिडाउँथे । यहाँ धेरै कुराहरु विधि संगत नभएर बिग्रिएको छ । म यसलाई सबैभन्दा पहिले ध्यान दिन्थे । त्यसपछि २१ औं शताब्दी अनुसारको समाज रुपान्तरण गर्ने बाटोतिर लाग्थे । अहिलेको प्रविधिलाई धेरैभन्दा धेरै प्रयोग गरेर समाजको विकासमा ध्यान दिन्थे । 

के कारणले हाम्रो देशमा विकास हुनु सकिरहेको छैन त ?
हाम्रो देशमा सबभन्दा पहिले त राजनीतिक अस्थिरता छ । जताततै भ्रष्टाचार र अनियमितता छन् । राजनीतिक अस्थिरता भएकै कारण यी सब भएका हुन् । विस्तारै अस्थिरता हट्दै जाने वातावरण बन्दै छ । मलाई लाग्छ, अब नेपाल धेरै समय यस्तै वातावरणमा रहँदैन । विस्तारै विकासको चरणमा गईरहेको छ ।

भनेपछि नेपाल विकास हुन कति समय लाग्ला त ?
यहाँ नमिलेको कुरा चाहिँ राजनीतिक व्यवस्थापन नै हो । राम्ररी यहाँ राजनीतिक व्यवस्थापन हुन सकेको छैन । मुलुकलाई विधिसम्मत अगाडि डो¥याउन सकिएको छैन । राजनीतिलाई सही ट्रयाकमा लैजानु जरुरी छ । विधिसम्मत हिंडाउनु जरुरी छ । यदि राजनीतिक व्यवस्थापन सही ढंगले हुँदै गयो भने अबको १०–१५ वर्षमा नेपाल विकासको बाटोमा धेरै अगाडि पुग्छ ।

हाम्रो देशमा सबभन्दा पहिले त राजनीतिक अस्थिरता छ । जताततै भ्रष्टाचार र अनियमितता छन् । राजनीतिक अस्थिरता भएकै कारण यी सब भएका हुन् । विस्तारै अस्थिरता हट्दै जाने वातावरण बन्दै छ । मलाई लाग्छ, अब नेपाल धेरै समय यस्तै वातावरणमा रहँदैन । विस्तारै विकासको चरणमा गईरहेको छ ।

अहिले हाम्रो देशका कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्रीहरुको समस्या के हो ?
नेपालमा जुन दलको सरकार बनेपनि त्यो सरकार धेरै समय नटिक्नु मुख्य समस्या छ । कुनैपनि दलको शीर्ष व्यक्ति देशको कार्यकारी प्रमुख बनिहाले पनि उसले आफ्नो कमाण्डमा केही पनि काम गर्न सक्दैन । प्रधानमन्त्रीजस्तो व्यक्ति निरीहजस्तै बन्नु, आफ्नो भिजन अनुसार कुनै पनि कामलाई अगाडि बढाउन नसक्नु मुख्य समस्या हो । प्रधानमन्त्रीलाई अरु दल र आफ्नै पार्टीभित्रबाट अल्पमतमा पारिदिनु नै मुख्य समस्या हो । जसले गर्दा प्रधानमन्त्रीले सोचे अनुसार केही काम पनि गर्न सक्दैन ।

देशको विकास नहुनुमा कतै कर्मचारीहरुको पनि ठूलो दोष छैन र ?
यदि देशमा केही राम्रा काम गर्ने हो भने सबैभन्दा पहिले राजनीतिक पार्टीहरु एक हुनु जरुरी छ । कर्मचारीका कारण काम नहुनु, कर्मचारीले मन्त्री, प्रधानमन्त्रीलाई नटेर्नु यी पनि पक्कै समस्या हुन् । तर सबैभन्दा पहिले त राजनीतिक नेतृत्व नै सही छ र उसले कमाण्ड गर्न सक्छ भने कर्मचारीलाई टेर्ने बनाउन सकिन्छ । नटेर्ने भन्ने कुरै आउँदैन । यसको लागि पहिले राजनीतिक नेताहरु ठीक हुनु प¥यो । नेतृत्व दरो भयो भने कर्मचारीहरु आफैं तह लाग्छन् । 

नेपालमा जुन दलको सरकार बनेपनि त्यो सरकार धेरै समय नटिक्नु मुख्य समस्या छ । कुनैपनि दलको शीर्ष व्यक्ति देशको कार्यकारी प्रमुख बनिहाले पनि उसले आफ्नो कमाण्डमा केही पनि काम गर्न सक्दैन । प्रधानमन्त्रीजस्तो व्यक्ति निरीहजस्तै बन्नु, आफ्नो भिजन अनुसार कुनै पनि कामलाई अगाडि बढाउन नसक्नु मुख्य समस्या हो । प्रधानमन्त्रीलाई अरु दल र आफ्नै पार्टीभित्रबाट अल्पमतमा पारिदिनु नै मुख्य समस्या हो । जसले गर्दा प्रधानमन्त्रीले सोचे अनुसार केही काम पनि गर्न सक्दैन ।

सभासद् हुनुअघि र भएपछि जीवनमा के फरक आएको छ ?
पक्कैपनि धेरै फरक आएको छ । पहिला जिम्मेवारी कम थियो तर अहिले जिम्मेवारी धेरै बढेको छ । काम पनि धेरै गर्नु पर्ने छ । पहिलाको र अहिलेको जीवन धेरै फरक भईसकेको छ । अहिले व्यस्तता पनि धेरै बढेको छ । आफ्नो क्षेत्रका लागि धेरै काम गर्नुपर्ने छ । अहिले समस्याहरु लिएर म कहाँ मान्छेहरु धेरै आउँछन् । मैले सहयोग पनि गर्ने गरेको छु । 

आफ्नै समुदायका लागि चाहिँ के गर्नुभयो ?
म तामाङ समुदायको भएपनि मैले मेरो समुदायको मात्रै हित चिताउनु हुँदैन । म राजनीतिक व्यक्ति भएकाले समग्र काभ्रे जिल्लाको लागि काम गर्नुपर्छ । हुन त मैले मेरो समुदायको पछाडि परेका र उत्पीडित व्यक्तिहरुलाई सहयोग गरेकै छु । हरेक दृष्टिले पछाडि परेका समुदायहरुका हक अधिकारकाबारे बेलाबेला आवाज उठाउँदै आईरहेको छु र त्यस्ता समुदायका निम्ति सहयोग गर्दै पनि आएको छु । 


अब देशको राजनीतिक अवस्था के कसरी अगाडि बढ्दै जान्छ त ?
अहिले हाम्रो देशमा अस्थिरता कायम नै छ । राजनीतिक नेतृत्व फितलो छ । देशी विदेशी शक्तिहरुले यहाँ ठूलै प्रभाव जमाईरहेका छन् । दरो लिडरसिप छैन यहाँ । सबै समस्याले प्रभाव पारेको छ । राजनीतिक मुद्दामा कोही कसैले सहमति गर्ने कोसिस गर्दैनन् । सबै जना आआफ्नो स्वार्थमा लागिपरेका छन् । जबसम्म मुलुकको हित र स्वार्थका लागि सोचिदैन तबसम्म कुनै निकास निस्कने सम्भावना छैन । सबैजना यहाँ आआफ्नै तालमा छन् । राजनीतिक सहमति नगरीकन अहिले कुनै पनि समस्याको समाधान निस्कने अवस्था देखिंदैन । अब धेरै ढिला नगरी सहमति र सहकार्य गरी अगाडि बढ्नु जरुरी भईसकेको छ ।  
 

प्रतिकृया दिनुहोस