Monday, December 18 , 2017| सोमबार, पौष ३, २०७४ |
'सहकारीको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल रीता'
बुधबार, मंसिर २९, २०७३ १०:४५:०० | Comments

मानिस स्वभावैले अन्यभन्दा फरक विशेषता बोकेको प्राणी हो । त्यसमा पनि प्रत्येक मानिस आआफ्नै पहिचान बनाएर बाँच्न चाहन्छ । आफूलाई फरक भूमिकामा उभ्याउन चाहन्छ । यस्तै, परिवेशमा उभिन चाहने सफल महिला व्यवसायी हुन, रीता थोकर ।

सहकारीको क्षेत्रमा छुट्टै चिनारीकासाथ स्थापित रीता थोकरको जन्म ठमेल, काठमाडौंमा भएको हो । (आपा) बुवा प्रतापसिंह र आमा शोभा तामाङको कोखबाट कान्छी सुपुत्रीको रूपमा जन्मिएकी थोकर हाल सुमार्गी बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष हुन् ।

सुमार्गी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कूशल नेतृत्वदायी भूमिका निर्वाह गरिरहेकी थोकरले सामाजिक संघ–संस्थाहरुमा पनि उक्तिकै सक्रिय छिन् । सिद्धार्थ वनस्थलीबाट २०५१ सालमा एसएलसी उत्तीर्ण गरेकी थोकरले त्रिभुवन विश्वविद्यालयबाट २०६० सालमा एमबिएसम्मको अध्ययन पुरा गरेकी छिन् । 

रीताका बुवा प्रतापसिंह तामाङ निर्माण व्यवसायीको क्षेत्रमा लामो समयदेखि सक्रिय सफल एवं पुराना नाम कहलिएका व्यवसायी हुन् । रीताले आफनो अध्ययनकै क्रममा बुवाको निर्माण कम्पनी तामाङ कन्स्ट्रसनको व्यवस्थापनमा रही कामको अनुभव संगाले । केही वर्षसम्म निर्माण व्यवसायमा काम गरेपछि उनको नेतृत्वमा राजधानीको बसुन्धारामा कार्यालय रहेको सुमार्गी बचत तथा ऋण सहकारी संस्था लि.को स्थापना २०६७ सालमा भएको हो ।

यसले स्थापनाको सुरुवातमा २५ जनाको संयुक्त लगानी र १५ लाख रुपैयाँ पुँजीबाट कारोवार गरेको अध्यक्ष रीता थोकरले बताइन । अहिले सुमार्गीले २०७२/०७३ सालको आर्थिक वर्षसम्ममा २ करोडको पुँजी र २२ करोडको कारोबार गर्न सफल भएको छ । 

अध्यक्ष थोकरका अनुसार सुमार्गीले आधुनिक लेखा प्रणाली र दक्ष कर्मचारीहरुबाट ग्राहकहरुलाई छिटो छरितो सेवा प्रदान गदै आएको बताइन । देशमा भइहेको राजनीतिक अस्थिरता, उद्योगधन्दा, व्यापार व्यवसायमा छाएको मन्दी एवं वित्तीय क्षेत्रको अस्वस्थ प्रतिस्पर्धाको असरले सहकारी क्षेत्र निकै चुनौतिपूर्ण बनेको उनको भनाई छ ।

उनले भनिन्, ‘सहकारी संस्थाहरुको बढ्दो प्रवेशले योे क्षेत्र अझ बढी प्रतिस्पर्धी र चुनौतिपूर्ण छ । अहिले एकातिर बचत संकलनमा तिव्र प्रतिस्पर्धा छ भने अर्काेतिर संकलित बचतलाई सन्तुलित रुपमा सुरक्षित क्षेत्रमा लगानी गर्न थप चुनौती रहेको छ ।’ ‘वित्तिय संस्थाहरुबीचको अस्वस्थ प्रतिस्पर्धाले सिंगो सहकारी क्षेत्रमा प्रत्यक्ष असर छ, उनले भनिन् ।' सुमार्गीले सर्वसाधारण जनताको निक्षेप संकलन गरी संस्थागत सुशासनलाई उच्च प्राथमिकता दिदै कडाईकासाथ लागू गरिरहेको अध्यक्ष थोकरले बताइन । 

‘सहकारी विभाग तथा डिभिजन कार्यालय काठमाडौंबाट समयसमयमा हुने गरेका निरिक्षणवाट प्राप्त निर्देशन तथा सुझावहरुको पूर्ण पालना गरेका र्छौ । संस्थालाई थप प्रभावकारी बनाउन सञ्चालक समिति सक्रिय रहेको छ, उनले भनिन् ।’

'सुमार्गीले विभिन्न समिति, उपसमिति गठन गरी ती सबै समितिहरुसँग समन्वय गरी दैनिक कार्य सञ्चालन गरिरहेका छौं, उनले बताइन् ।' अध्यक्ष थोकरकाअनुसार सहकारी संस्थाको विकास र व्यवस्थापनको चुनौतीहरुलाई आत्मसात् गर्दे भएका कमी कमजोरीहरुलाई निरन्तर सुधार गर्दे अगाडि बढिहेको धारणा राखिन् । उनले भनिन्, ‘नीति र विधि संवत हिसाबले अघि बढ्नु पर्छ । ऐन, नियमअनुसार चल्नुपर्छ । पारदर्शी हुनुपर्छ ।'

यसले स्थापनाको सुरुवातमा २५ जनाको संयुक्त लगानी र १५ लाख रुपैयाँ पुँजीबाट कारोवार गरेको अध्यक्ष रीता थोकरले बताइन । अहिले सुमार्गीले २०७२/०७३ सालको आर्थिक वर्षसम्ममा २ करोडको पुँजी र २२ करोडको कारोबार गर्न सफल भएको छ । 

सुमार्गीले आफनो स्थापनाको छैठौं वर्ष पुरा गरेको छ । सुमार्गीले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न सामाजिक कार्यहरुलाई पनि निरन्तरता दिदैैं आएको छ । रक्तदान, गुम्बा निर्माणमा सहयोगलगायत गतवर्ष भुकम्प पीडित नुवाकोट जिल्लाका स्थानीय जनतालाई समेत राहत वितरण गर्दै आएको अध्यक्ष थोकरले बताइन । आगामी दिनमा ग्राहकहरुलाई थप सेवा र सुविधा दिनका लागि वेभसाइट प्रणालीमा जाने समेत बताइन ।
प्रस्तुतिः मानछिरिङ तामाङ

प्रतिकृया दिनुहोस