Saturday, October 21 , 2017| शनिबार, कार्तिक ४, २०७४ |
अनेसास कोलोराडो च्याप्टरको अध्यक्षमा कृष्णमुरारी ढुङ्गेल
सोमबार, मंसिर १३, २०७३ ००:००:०० | Comments

नातिबाबु  भट्ट, नोभेम्बर २७, कोलोराडो 
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरले नयाँ कार्य समिति चयन गरेको छ । निर्वाचन समितिका संयोजक विनोद त्रिपाठीले नव निर्वाचित पदाधिकारीहरुलाई निर्विरोध निर्वाचित भएको प्रमाणपत्र वितरण गर्दै उनीहरुलाई कसम खुवाएका थिए । 

निर्वाचित हुनेहरुमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः कृष्णमुरारी ढुङ्गेल, मिना पौड्याल, गौतमसागर राई, दामोदर लुईटेल र रमेश कोईराला रहेका छन् । सोही अवसरमा गायक तथा संगीतकार बसन्त लम्सालको गीति एल्बम आमा देश र परिवेशको विमोचन भएको छ ।

आइतवार ब्रुमफिलफिलस्थित जाईका रेष्टुरेन्टमा सञ्चालन भएको कार्यक्रम महाकवि लक्ष्मीप्रसाद देबकोटाको तस्विरमा माल्यार्पण गरि सुरु गरिएको थियो । कार्यक्रममा बिमोचित गीति एल्बम आमा देश र परिवेशबाट 'संभावना भए केही देशमा गरि खाने कसलाई रहर हुन्थ्यो होला परदेश जाने' भिडियो क्लिप हेरिरहदा उपस्थित सबै स्तब्ध बनेका थिए ।      

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष पदम बिश्वकर्माको प्रमुख आतिथ्यता तथा बरिष्ठ कलाकर्मी मुकुन्दकिशोर भट्टराईको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा १७ जनाभन्दा बढी सर्जकहरुले आफना सृजना प्रस्तुत गरेका थिए । 

मानिस जहाँ जसरी रहेपनि नेपाल र नेपालीको भाषा संस्कृति जोगाई राख्नु पर्दछ भन्ने उद्देश्य लिई 'भाषा चाहिन्छ भेष चाहिन्छ शिर उठाई बाच्न आफनो देश चाहिन्छ' भन्ने मुलमन्त्रका साथ विश्वका ७३ देशमा शाखा र सयौं च्याप्टरमा फैलिएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्तर्गत कोलोराडो च्याप्टरको आयोजनामा प्रत्येक महिना कवि गोष्ठीको आयोजना हुने गर्दछ ।    

प्रतिकृया दिनुहोस