Monday, December 18 , 2017| सोमबार, पौष ३, २०७४ |
'हरेक मानिस सुखी र शान्तिका लागि भौतारिरहेका छन्'
सोमबार, कार्तिक २९, २०७३ १३:३७:३३ | Comments

बौद्धधर्म गुरु गेशे टासी दोर्जे
निर्देशक, सेन्टर फर युनिभर्सल पिस

१२ नोभेम्बर, न्यूयोर्क 
मेरो जन्म सिन्धुपाल्चोक जिल्लाको नेपाल र तिब्बतको सीमानामा रहेको तातोपानीस्थित पुलपिङ गाउँमा भएको हो । ६ वर्षको कलिलो उमेरमै मैले आफनो पिता गुमाउनु परयो । १९८९ मा बौद्धधर्मको विषयमा अध्ययन गर्ने उद्देश्य बोकेर पश्चिम भारतको कनार्टक प्रान्तस्थित प्रसिद्ध बौद्ध विश्वविद्यालयमध्ये एक सेरा महायान विश्वविद्यालयमा पुगे । 

त्यसपछि मैले त्यही विश्वविद्यालयमा २३ वर्षसम्म निरन्तर बौद्ध धर्मका विविध विषयमा अध्ययन गरी सन् २०११ मा गेशे (विद्यावारिधी) पुरा गरे । अहिले म सन् २०१४ देखि अमेरिकाको न्यूयोर्क शहरमा रहेर तिब्बती, शेर्पा, तामाङलगायत गैर बौद्धमार्गीहरुलाई बुद्ध भगवानले दिनुभएको मार्गदर्शन, ज्ञान र शिक्षाहरु बारे प्रवचन दिदै आएको छु । 

गत महिना भरखरै सेन्टर फर युनिभर्सल पिस नामक गैर नाफामूलक सामाजिक संस्था दर्ता गरी विधिवतरुपमा एक कार्यक्रमका बीच शुभारम्भ गरेका छौं । यो संस्थाको माध्यमबाट भगवान बुद्धले दिनुभएका मार्गनिर्देशन र उपदेशहरुबाट मान्छेको मनलाई शान्त, सुखी र सन्तुष्टि बनाउने बारे प्रवचन दिदै आएका्े छु । 

अमेरिका संसारकै शक्तिशाली र हरेक व्यक्तिका लागि आकर्षक केन्द्र बनेको मुलुक हो । अमेरिकामा सबै जना आफुलाई दिन दुगना रात चौगुना सम्पन्नशाली र धनी बन्ने सपना बुनेर दौडिरेहका हुन्छन् । पैसा मात्र कमाउने उद्देश्य बोकेर बिहानदेखि बेलुकीसम्म भौतारिरहेका हुन्छन् । 

मान्छेले गर्ने हरेक कार्य आफनो जीवनमा सुख प्राप्ति लागि  हो । जीवनको वास्तविक सुख र आनन्द प्राप्ती ज्ञानको अभावले गर्दा मान्छेले कहिल्यै सुख पाउँदैन । जतिसुकै सुख खोज्दै भौतारिए पनि मानिसको मन सधै दुःखी, असन्तुष्टि र चिन्तित हुन्छ । यसका लागि आफनो मनलाई शान्ति र सुख बनाउनुपर्दछ ।

भगवान गौतम बुद्धले २५ सय वर्षभन्दा अगाडि नै अहिलेको सबै प्रकारका स्थितिलाई त्यतिबेला नै सबैकुरा प्रष्टयाउनु भएको छ । उहाँले मनलाई सुख, शान्ति र सन्तुष्टि गर्न सक्नुपर्ने बताउनुभएको छ । अहिले संसारका प्रसिद्ध वैज्ञानिकहरुले पनि भगवान बुद्धले दिनुभएको मार्गदर्शन, ज्ञान र शिक्षा अवलम्वन गर्नुपर्ने बताएका छन् । 

सबै जनाले सुख खोजिरहेका छन् । तर सुख कसैले पाएका छैनन् । मनलाई शान्ति राख्नुपर्छ । यो मान्छेको जीवन छोटो  छ । दैनिकरुपमा एकाग्र भएर ध्यान गर्नुपर्छ । मरेर लैजानु के नै छ । धन, सम्पति परिवारसबै छोडेर जाने हो । आखिरी हाम्रो शरीरको हाड, छाला पनि छोडेर जानुपर्दछ ।

भारतका प्रख्यात बौद्ध धर्म गुरु शान्तिदेवले सबै जनालाई सुख चाहिएको तर काम दुःख मात्र भएको बताउनुहुन्छ । कुनै मान्छेलाई शान्ति चाहिएको छ भने अर्कोलाई शान्ति चाहिएको हुन्छ । हरेक मान्छे फरक भाषा, फरक संस्कृति छ, फरक भुगोल छ तर एउटै भावना मिल्ने भनेको सबैलाई सुख चाहिएको छ ।

भगवान बुद्धले दिनुभएको मार्गदर्शन, ज्ञान, शिक्षा र उपदेशहरुलाई आधार मानेर न्यूयोर्कमा हप्तामा ५ दिन ३ दिन साना बालबालिकाहरुलाई प्रवचन दिन गरेको छु । यस्तै, शनिवारको दिन पुरै र बुधवार बेलुकी २ घण्टा जीवनमा कसरी सुख, शान्ति र सन्तुष्टि पार्न सकिन्छ भन्ने लगायतका विषयमा प्रवचन दिने गर्दछु । 

वास्तविक सत्यता भनेको सबैको शुन्य हुन्छ । कुनै पनि वस्तुको छुट्टाछुटै आकार, आफ्नो अवस्था तरिका भएको पाइन्छ । एउटा कोणबाट हेर्न हो भने शुन्यतामा धेरै कुरा पाइन्छ । धर्म भन्ने कुरा सबै वस्तुहरूको दुई कोणबाट छुट्टिन्छ ।

भगवान बुद्धले दिनुभएको उपदेशलाई हामी बुद्धधर्म भनेर चिन्दछौं । यो बुद्धको अविस्कार, व्यक्तिगत विचार र सिद्धान्त हो की भन्ने जिज्ञासा उठनु स्वभाविक हो । बुद्ध भगवानले दिनुभएको विचार र सिद्धान्त व्यक्तिगत कदापि हुँदैन होइन । यो विषयमा हामी प्रष्ट हुनुपर्छ । उहाँले वास्तविक सत्यताभन्दा एक प्रतिशत पनि थप्नुभएको छैन, त्यो वास्तविक सत्यता घटाउनु पनि भएको छैन । जस्तो सत्य हो त्यस्तै प्रस्तुत गर्नुभएको छ । यो प्रस्तुत गर्न साधारण पनि छैन । त्यसैले बुद्धको उपदेशमा ८४ हजार धर्म उपदेश भएको हामी पाउँछौं ।

हाम्रो दिमाग नै सृष्टिकर्ता हो । यो सिर्जित संसारमा मानिसलाई वास्तविक दुःख छ । राष्ट्रपतिदेखि एउटा गरिब मान्छेलाई आ–आफ्नै दुःख र समस्या छ । मागेर हिँड्ने मान्छेले आज राष्ट्रपतिजस्तै भइदिएको भए कति सुख हुन्थ्यो भन्ने सपना देख्छ । त्यस्तै राष्ट्रपतिको अवस्थामा पुग्दा भौतिक सुखसुविधा भए पनि काम र जिम्मेवारीले गर्दा मागी हिँड्नेको भन्दा पनि दुःख भोगिरहेको हुन्छ । बरू मागी हिँड्नेले खुसीसाथ एक छाक खाना शान्त भई तनावमुक्त आनन्द भई आफ्नो जीवन अगाडि बढाएको हुन्छ । 

हाम्रो यो संसारको आ–आफ्नो तह, अवस्था र तप्काअनुसारको दुःख नपाएको कोही पनि हँुदैनन् । सबै दुःखमा जेलिरहेका हुन्छन् । त्यो दुःखको श्रोतविना कुनै कुरा उत्पन्न हँुदैन । दुःखको श्रोत हाम्रो कर्म हो । खासमा अकुशल कर्म संसार दुःखको मूल कारण हो । जसबाट यी सबै कुरा उत्पन्न हुन्छन् ।

भगवान बुद्धले दिनुभएको उपदेशलाई हामी बुद्धधर्म भनेर चिन्दछौं । यो बुद्धको अविस्कार, व्यक्तिगत विचार र सिद्धान्त हो की भन्ने जिज्ञासा उठनु स्वभाविक हो । बुद्ध भगवानले दिनुभएको विचार र सिद्धान्त व्यक्तिगत कदापि हुँदैन होइन । यो विषयमा हामी प्रष्ट हुनुपर्छ । उहाँले वास्तविक सत्यताभन्दा एक प्रतिशत पनि थप्नुभएको छैन, त्यो वास्तविक सत्यता घटाउनु पनि भएको छैन । जस्तो सत्य हो त्यस्तै प्रस्तुत गर्नुभएको छ । यो प्रस्तुत गर्न साधारण पनि छैन । त्यसैले बुद्धको उपदेशमा ८४ हजार धर्म उपदेश भएको हामी पाउँछौं ।

अकुशल मनस्थितिले तपाईलाई रिस उठ्यो भने तपाईलाई सन्चो हँुदैन । तपाईको आसपासमा रहेका साथी, छरछिमेकी परिवार सबैलाई एक किसिमको असजिलो र नरमाइलोपन हुन्छ । ती व्यक्तिको अकुशल कार्यले सबैको मुस्कान र खुशीयाली सुन्न देख्न पाउँदैनौं । नकारात्मक सोच मनस्थितिबाट कसरी दुःख हुन्छ त्यो एउटा उदाहरण मात्र हो ।

मानिसको रिस, लोभ, डाह, घमण्ड, ईष्र्या आदि यी कुराहरू कुशल कर्म हुँदै होइनन् । मानिसमा नकरात्मक विचार आउनुमा अज्ञानता नै प्रमुख कारण हो । अन्धकार दुईवटा आँखालाई बन्द गर्नुजस्तै हो । वास्तविक सत्यतालाई बुझ्न नसक्नु नै अज्ञानता हो ।  अज्ञानता भएपछि रिस, लोभ, डाह, घमण्ड आदि उत्पन्न हुन्छ । त्यसको पनि हाँगाविँगा बनेर असीमित रूपमा फैलिएर जान्छ ।

सबैले आ–आफ्नो असफल प्रयासहरू गर्छन् । ती असफल प्रयासहरू कहिल्यै पनि पुरा हुँदैनन् । जुन जुन प्रयासहरू भए त्यो प्रयास अन्धकारको विपरित तत्व होइनन् । यो संसारको दुःखको कारण भनेको नकरात्मक सोचलाई नियन्त्रण गर्नु हो । त्यसका लागि अज्ञानतालाई हटाउनु जरूरी छ । 

अज्ञानताको अन्धकारलाई हटाउनका लागि यसको ठीक विपरित तत्व ज्ञानलाई बुझ्नुपर्छ । भगवान बुद्धको महान उपदेश र सन्देशहरूलाई ग्रहण गर्ने हो भने मानिस कहिल्यै दुःखी हुँदैन । तसर्थ बुद्धको सिद्धान्त नै मानव जीवनका निम्ति निकै सुखद हुने हुँदा यसलाई अपनाउनु अहिलेको आवश्यकता हो ।
-मानछिरिङ तामाङ


 

प्रतिकृया दिनुहोस