Monday, December 18 , 2017| सोमबार, पौष ३, २०७४ |
हारभेष्टमुन : ट्राभल्समा छुट्टै पहिचान
मंगलबार, साउन ३२, २०७३ ०९:४५:०० | Comments

काठमाडौं । हारभेष्टमुन टुर्स एण्ड ट्राभल्सले हवाईटिकटका लागि निकै लोकप्रिय एवं विश्वसनीय ट्राभल्सको रुपमा आफुलाई स्थापित गरेको छ । यसले स्वदेश तथा विदेश जाने यात्रुहरूको लागि विश्वसनीय सेवा प्रदान गरिरहेकोे छ । 

राजधानीको गैह्रीधारास्थित आफ्नै भवनबाट स्वदेश तथा संसारका सबै मुुलुकका लागि भरपर्दो हवाइ टिकट सुविधा उपलब्ध गराउँदै आएको हारभेष्ट मुनले मुलुकमा पर्यटक भित्र्याएर पर्यटन क्षेत्रमा समेत योगदान दिएको कम्पनीका अध्यक्ष रामप्रसाद श्रेष्ठ बताउँछन् ।

देश विदेशका सेवाग्राहीले सस्तो, सर्वशुलभ र विश्वासिलो सेवाकै कारण आफूहरूलाई विश्वास गरेको र हारभेष्ट मुन धेरै मुलुकमा परिचित भएको श्रेष्ठको दावी छ । 

विशेषगरी वैदेशिक रोजगारीमा जाने नेपालीहरूलाई हवाई टिकटको सेवा दिइरहेको हारभेष्ट व्यवसायिकरुपमा जति नै सामाजिक क्षेत्रमा पनि चर्चित रहेको छ ।

कम्पनीले वैदशिक रोजगारीमा गएर अलपत्र परेका नेपालीहरूलई स्वदेश फर्काउन आर्थिक सहयोगदेखि ग्रामीण भेगका विद्यार्थीहरूका लागि शिक्षा र खेलकुदमासमेत आर्थिक सहयोग गरिरहेको छ ।

हारभेष्टमुनले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत केही महिना अघि मलेसियामा अलपत्र परेका नेपाली कामदारहरूलाई स्वदेश फर्काउन ६ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग उपलब्ध गराएको थियो । अध्यक्ष श्रेष्ठले वैदेशिक रोजगारीमा गई अलपत्र परेका नेपालीहरूको हितका लागि आफूहरू सदैव सक्रिय रहने बताए ।

नेपाली कामदारकै कारण सिंगो मुलुकको अर्थतन्त्र धानिएको र आफ्नो व्यवसाय पनि तिनै कामदारका कारण चलेकोले उनीहरू समस्यामा पर्दा सहयोग गर्नु आफ्नो दायित्व भएको श्रेष्ठ बताउँछन् ।

प्रतिकृया दिनुहोस