Monday, December 18 , 2017| सोमबार, पौष ३, २०७४ |
हलिउडमा सफलता चुम्दै एक नेपाली जसवन्त देव
बुधबार, साउन २६, २०७३ ०९:४५:०० | Comments

मानछिरिङ तामाङ
न्यूर्योक ९ अगस्ट 

अमेरिकाको प्रतिष्ठित नेशनल एकेडेमी अफ टेलिभिजन आर्टस एण्ड साईन्सेसले प्रदान गर्ने सम्मानित एमी अवार्डका लागि मनोनयनमा पर्ने पहिलो नेपाली अभिनेता तथा निर्माता हुन, जसवन्त देव श्रेष्ठ । एमीको हार्टल्याण्ड च्याप्टर विधाको मनोनयनमा परेका जसवन्त बाहेक अन्य कुनै नेपाली कलाकारले उक्त सम्मान अहिलेसम्म पाएका छ्रैनन् ।

सन् २०१४ मा अमेरिकाको कोलोराडोमा आयोजित व्लिस फेस्ट ३३३ मा चलचित्र 'दि ट्रिजनमा' उनको भुमिकाका लागि पहिलो पटक उत्कृष्ट अभिनेता अवार्डबाट सम्मान गरिएको थियो । त्यस पछि पनि जसवन्तले अन्य विभिन्न भूमिका तथा विभिन्न योगदान गरेवापत दर्जनौ अवार्डहरु पाएका छन् । 

हालै दि फस्र्ट डेट नामको एक फेसवुक विज्ञापनमा उनले अभिनय गरेका छन् । स्क्रिन एक्टर्स गिल्डको सदस्यता पाउने पहिलो नेपाली अभिनेता पनि जसवन्त नै हुन् । नेपालको पोखरमा जन्मिएका जसवन्तले आफुमा भएको अभिनयको खुवीलाई कलिलै उमेरदेखि नै प्रष्फुटित गरेका थिए । जसले वयस्क हुँदै जाँदा उनलाई पेशागतरुमा परिष्कृत हुने दृढ आकांक्षा दिलायो । यहि लगावल ेनै उनलाई अभिनयको क्षेत्रमा स्थापित गरायो । उनले हलिउडको विश्व विख्यात दि बेभरली हिल्स प्ले हाउसमा अभिनयको अध्ययन गरेका छन् । 

जसवन्तले विभिन्न निर्देशकहरुसँग चलचित्रहरुमा सह—निर्देशकको रुपमा आफ्नो करियर सुरु गरेका हुन् । यसै क्रममा उनले हलिउडमा नेशनल अवार्डमवाट सम्मानित चलचित्र निर्माता कल्पना लाम्जीसँग पनि ३ बर्ष सह—निर्देशकको रुपमा काम गरेका छन् । सन् २००२ देखि नेपालमा  जसवन्तले म्युजिक भिडियोमा अभिनेताका एवंम निर्देशकका रुपमा नेपाली टेलिभिजन च्यानल तथा विभिन्न प्रोडक्सन हाउसहरुमा काम गरेका थिए । सुरुमा 'दृष्य दि भिजुअल मेकर्स' प्रोडक्सन हाउसमा काम गरेका उनले पछि टिम वर्क फिल्म प्रोडक्सन नामको आफ्नै कम्पनी खोलेका थिए ।

जसवन्तले नेपालमा रहँदा थुप्रै प्रशंसनीय प्रस्तुतिहरुमा सहभागिता जनाएका छन । सन् २००५ मा उनले अभिनय गरेको सुर्य प्लाइउडको विज्ञापन हालसम्म नेपाली टेलिभिजनहरुमा चलिरहेका छन् । त्यसका साथै, जसवन्तले पोखरा डटकम नामको यात्रासंस्करणमा आधारित सांगीतिक टेलिभिजन कार्यक्रम उत्पादन तथा प्रशारण गरेका थिए । यो कार्यक्रम नेपाल वान टेलिभिजनमा एक सय भागसम्म प्रसारण भएको थियो । रमणिय स्थानहरुको अधिक सौखिन जसवन्त नयाँ ठाउँहरुको भ्रमणप्रतिको लगावले नेपालको स्वर्ग मानिने हिमाल पारिको दुर्गम जिल्ला मनाङ जिल्लासम्म पुगेका छन् ।

मनाङको अलौकिक प्राकृतिक सुन्दरता र जनजीवनले अत्याधिक मोहित भएका जसवन्तले त्यहाँको विषयवस्तुलाई समेटेर वृत्तचित्र नै बनाउने निर्णय गरे । उनले 'हेभन्ली प्लेस मनाङ' नामको वृत्त चित्र सन् २००२ देखि नै एक पदयात्री र निर्देशककै रुपमा बनाउन सुरु गरेका थिए । यो वृत्तचित्र बनाएपछि आफैंले समिक्षा गर्दा आफुले पहिलो पटक भ्रमणमा जाँदा अनुभव गरेजस्तो मनमोहकता समेट्न नसकेको उनलाई महसुस भयो । मनाङको सुन्दरतामा अत्याधिक मोहित भएका उनी त्यसपछि कयौं पटक पुगेर वृत्तचित्र 'हेभन्ली प्लेस मनाङ'लाई सन् २००५ मा उत्कृष्ट लगावसहित निर्माण सम्पन्न गरे ।

यो वृत्तचित्र सन् २००८ को न्युयोर्क फिल्म फेष्टिभलसहित कयौं अन्य महोत्सवहरुमा समेत छनौट भएको थियो । 'हेभन्ली प्लेस मनाङ' वृत्तचित्र नेपालका विभिन्न सिनेमा घरहरुमा प्रदर्शन गरिएको थियो भने संसारका विभिन्न विद्यालय तथा क्याम्पसहरुमा शैक्षिक वृत्तचित्रकारुपमा समेत प्रदर्शन गरियो । यो वृत्तचित्रको अपार सफलतापछि जसवन्तले 'हेभन्ली प्लेस मनाङ'कै दोश्रो भागको रुपमा 'मुस्ताङ सिक्रेट्स वियोन्ड दि हिमालयज' नामको अर्को उत्कृष्ट वृत्तचित्र बनाए । यसले समेत कयौं समिक्षकहरुबाट प्रशंसा कमाएको थियो भने नेपालका धेरै कलेजहरुले विद्यार्थीहरुका लागि समाजिक शिक्षा अध्ययन सामग्री बनेको थियो । 

आफ्नो वाल्यकालको सपनालाई पछ्याउँदै सफलता पाएका जसवन्त हाल हलिउडमा बसोबास गर्छन । जसवन्तले युनिभर्सिटी अफ कोलोराडो र डेनभर सेन्टर फर पर्फमिङ्ग आर्टसका क्रिस थ्याचरसँग मेस्नर तथा चेखोव स्टाइलका अभिनय कलाहरु रकि माउन्टेन थिएटरमा अध्ययन गरेका छन् । उनले अभिनय गरेका दि ब्रेकडाउन अन हाइवे सेभेन  दि टिजन (फिचर) अमेजन डटकममा खरिदका लागि उपलब्ध छन् । जसवन्तका आगामी रिलिजको पर्खाईमा रहेका छोटा चलचित्रहरुः नमस्ते एलए (प्रोडक्सनको क्रममा रहेको फिचर), टाई दि नट (फिचर), ब्लेम (लघु चलचित्र) र डिभरजेन्स (फिचर) लगायतका चलचित्रहरु छन् । 

प्रतिकृया दिनुहोस