Saturday, October 21 , 2017| शनिबार, कार्तिक ४, २०७४ |
हिमाल जोगाउने हिम चितुवा आप्पा
मंगलबार, आषाढ २१, २०७३ ०९:४५:०० | Comments
आप्पाको अतित 

५ जुलाई, २०१६
न्यूर्योक

एउटा फरक तर महत्वपूर्ण अभियानमा लागेका विश्व विख्यात पर्वतारोही आप्पा शेर्पालाई नचिन्ने सायदै कोही होला । उनको जन्म सोलुखुम्बु जिल्लाको थामेमा भएको हो । आप्पाको बाल्यकालको नाम ल्हाक्पा तेन्जिङ शेर्पा थियो । १२ वर्र्षकै सानो उमेरमा बाबुको निधनपछि परिवारको रेखदेख गर्ने जिम्मा उनको काँधमा आयो । परिवारमा भने आमा र दुईजना भाइ र दुईजना दिदी थिए । उनले विद्यालयको पढाई छाडेर पर्वतारोहीहरूसँग काम गर्न थाले ।  

कुनै पर्वतारोहण टोलीमा उनले किचेन ब्वाइ (भान्छे केटो) त कुनै टोलीमा पोर्टर (भरिया) को रुपमा काम गरे । भरियाका रुपमा काम थालिसकेपछि एकजना डेनिस समाजसेवीको सहयोगमा उनलाई सोलुकै हिमालयन ट्रष्ट स्कुलमा भर्ना त गरियो तर उनले दुई वर्ष पनि पढेनन् । पर्वतारोहणले उनलाई तान्यो । सन् १९८८ मा थामेकै याङचीसँग उनको विवाह भयो । उनका दुईजना छोरा तेन्जिङ र पेम्बा एक छोरी दावा छन् । उनले सन् १९८८ मा पहिलोपटक सगरमाथा चढे तर उनको प्रयास सफल भएन । उनी ८,५०० मिटरभन्दा माथि जान सकेनन् । सगरमाथाको उचाइ ८,८४८ मिटर रहेको छ ।

त्यसपछिका आफनो दुई आरोहणमा पनि उनी असफल भए । तीनपटक असफल भए पनि उनले सगरमाथा चढ्ने प्रयास त्यागेनन् । अन्त्यमा सन् १९९० को मे १० तारिखमा उनले सगरमाथाको सफल आरोहण गरे । न्युजिल्याण्डको पर्वतारोहण टोलीका पिटर हिलारी, ग्यारी बल र रोब हलसहित सगरमाथाको चुचुरोमा पुग्न उनी सफल भए । पिटर हिलारी सगरमाथा पहिलोपटक सफलतापूर्वक चढ्ने दुई पर्वतारोहीहरूमध्ये एक सर एडमन्ड हिलारीका छोरा थिए । एकपटक सफल भएपछि त्यसपछिका वर्षहरूमा उनको सफलता जारी रह्यो । 

पहिलो सफलतापछि उनले पर्वतारोहण टोलीमा शेर्पाहरूको नाइके अर्थात् सरदारको रुपमा काम गर्न थाले । त्यसपछिका १९ वर्षमा उनले १९ औं पटक सगरमाथाको सफल आरोहण गरि विश्वकै सर्वोच्च शिखर सगरमाथाको इतिहासमा नयाँ कीर्तिमान थपे । 

सन् १९९६ र २००१ मा भने उनले सगरमाथा चढ्न भएनन् । सन् १९९२ मा उनले एकै वर्षमा दुई पटक सगरमाथाको सफल आरोहण गरे । एक्काइसौं पटक सगरमाथा आरोहण गरेर वल्र्ड गिनिज बुकमा नाम लेखाउन सफल आप्पाले सगरमाथाको चुचुरोमा जलवायु परिवर्तन रोक, हिमालयलाई बाँच्न देऊ लेखिएको ब्यानर फहराएका थिए । 

सन् २००६ को डिसेम्बरदेखि आप्पा आफ्नो परिवारसहित अमेरिकाको साल्ट लेक सिटीमा बसोबास गर्दै आएका छन् । आप्पा त्यहाँको कर्मा आउटडोर क्लोदिङ कम्पनीका मालिकहरूमध्ये एक हुन् । सन् २००९ को अप्र्रिलमा उनले आप्पा शेर्पा फाउण्डेसनको स्थापना गरेका छन् । त्यस फाउण्डेसनको उद्देश्य नेपालमा शैक्षिक तथा आर्थिक विकास गरेका छन् । 

सफल आरोहणको श्रृङखला:
पहिलोपटक           सन् १९९० मे १०
दोस्रोेपटक            सन् १९९१ मे ८
तेस्रोेपटक             सन् १९९२ मे १२
चौथोपटक            सन् १९९२ अक्टोबर ७
पाँचौँ पटक           सन् १९९३ मे १०
छैटौंपटक             सन् १९९४ अक्टोबर १०
सातौँ पटक           सन् १९९५ मे १५
आठौँ पटक          सन् १९९६ अप्रिल २६
नवौँ पटक             सन् १९९८ मे २०
दसौँ पटक            सन् १९९९ मे २६
एघाराँै पटक        सन् २००० मे २४
बाह्र्रौँ पटक          सन् २००२ मे १६
तेह्रौ पटक             सन् २००३ मे २६
चौधौँ पटक            सन् २००४ मे १७
पन्ध्रौं पटक            सन् २००५ मे ३१
स्रोहौं पटक            सन् २००६ मे १९
सत्रौं पटक             सन् २००७ मे १६
अठाराँ पटक          सन् २००८ मे २२
उन्नाइसौं पटक         सन् २००९ मे २१   
बीसौं पटक सन्        २०१० मे २१
एक्काइसौं पटक       सन् २०११ मे ११

कीर्तिमानी सगरमाथा आरोही आप्पा शेर्पासहितको टोलीले सन् २०१२ मा ‘ग्रेट हिमालयन ट्रेल’ पदयात्राले नेपालीको मात्र होइन सिंगो विश्वको ध्यान नेपालतर्फ खिचेको थियो । हिमालय क्षेत्रको करिब १ अर्ब ३० करोड मानवजातिको सभ्यतामाथि विश्व जलवायु परिवर्तनले पु¥याएको नकारात्मक असरबारे विश्वको ध्यानाकार्षण गर्न नेपालमा नौलो कार्यक्रमको रचनात्मक शैलीका साथ शुरु गरिनु आफैमा उल्लेखनीय कदम बन्न पुगेको थियो । 

२१ औँ पटकसम्म सगरमाथा आरोहण गरी विश्व कीतिमान कायम गरेर सनसनी मच्चाउन सफल हिउचितुवाको उपनामले चिनिएका आप्पालाई अघि सारेका थिए । शेर्पाले ११ औँ पटकदेखि सगरमाथा आरोहणमा आफ्नो कीर्तिमान आफैले तोड्दै आएका थिए तर अहिले हिमाल संरक्षणको फरक यात्रा तय गरेर अर्को कीतिमान कायम गरे । ग्रेटर हिमालयन ट्रेलले ताप्लेजुङको सुकेटारदेखि दार्चुलासम्मको १७ सय किलोमिटर लामो हिमाली पदयात्रा पुरा गरेका थिए । २० वटा हिमाली जिल्लाको कठिन यात्रा १ सय २० दिनसम्म चलेको थिए । 


 

प्रतिकृया दिनुहोस