Saturday, October 21 , 2017| शनिबार, कार्तिक ४, २०७४ |
'नेजाको लक्ष्य नाचगान र रत्यौली हुँदै होइन'
बुधबार, बैशाख २२, २०७३ ०६:५४:२२ | Comments

रामचन्द्र भट्ट, पत्रकार

नेपालको आर्थिक पत्रकारितामा रामचन्द्र भट्टको नाम नयाँ होइन । एक दशकसम्म राजधानी काठमाडौंमा बसेर मुलधारको आर्थिक पत्रकारितामा संलग्न भट्ट विगत चार वर्षदेखि भने अमेरिकामा छन् । २०५२ सालमा मोफसलबाट पत्रकारितामा लागेका भट्टले दृष्टि, बुधबार, जनआस्था साप्ताहिकहरु हुँदै तत्कालिन ‘श्री सगरमाथा’ दैनिकमा समेत पत्रकारिता गरे । २०५४ देखि २०६५ सालसम्म निरन्तर रुपमा ‘नेपाल समाचारपत्र’ दैनिकमा काम गरे । २०६५ देखि ‘नागरिक’ दैनिकमा दैनिकमा आवद्ध उनले चार वर्ष त्यहाँ काम गरे ।

राजधानी नजिक रहेको नुवाकोटमा जन्मेका उनले त्यहीबाट २०५७ सालमा ‘त्रिशूली प्रवाह’ साप्ताहिक प्रकाशित गरे । उनी त्यसमा १२ वर्षसम्म सम्पादक भएर काम गरे । भट्ट मोफसलदेखि केन्द्रसम्मको पत्रकारिताले खारिएका छन् । 
अमेरिकामा बसेर दैनिक १०÷१२ घण्टा पत्रकारिताभन्दा अलग्गै क्षेत्रमा रहेर पनि बाँकी समयमा नेपाल र नेपाली समुदायका लागि केही लेखिरहेका हुन्छन् उनी । सेतोपाटी ग्लोबलमा उनी आवद्ध छन् । यसका अलावा अमेरिकाबाट प्रकाशित हुने अनलाइनहरुमा पनि बाक्लै रुपमा आफ्ना लेख, समाचारमार्फत देखिन्छन् । उनी हाकाहाकी भन्छन्–‘म नेपालमा छँदा पूर्ण पत्रकार थिएँ । मेरो पेशा, बाँच्ने आधार पत्रकारितानै थियो । तर म यता आएपछि सोखले मात्र लेख्छु । म अलग्गै काम गर्छु । यहाँ अमेरिकामा कोहीपनि पूर्णकालिन नेपाली पत्रकार छैनन् । कसैले दावी गर्छ भने बुझ्नुस–त्यसभित्र केही फण्डा छ ।’ 
अमेरिकामा नेपाली पत्रकारिता, यही सप्ताहन्तमा हुन लागेको नेजाको अधिवेशन, यसको नेतृत्वका बारेमा नेपाली बुलेटिन डटकमले भट्टसँग लामो कुराकानी गरेको थियो । प्रस्तुत छ, सोही कुराकानीका प्रमुख अंशहरु ।

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को मे ७ र ८ मा हुन लागेका अधिवेशनलाई यहाँले कसरी हेरिरहनुभएको छ ?
– नेजाको साधारण सदस्यको रुपमा मैले यसलाई सामान्य रुपमानै लिएको छु । महत्वपूर्ण कुरा दुई वर्षको अन्तरालपछि लामो समयसम्म एकै ठाउँमा काम गरेका, सँगै उठबस गरेका साथीहरुसँग भेटघाट हुँदैछ । दुई दिनसम्म हामी सँगै बसेर विगतका तितामिठा क्षणहरुको संस्मरण गर्ने अवसर पनि हो यो थलो । अर्को कुरा, आउँदो दुई वर्षे कार्यकालको लागि नेजाको नयाँ नेतृत्व पनि चयन हुँदैछ । त्यसका लागि कोही साथीहरुले उम्मेदवारी घोषणा गरिसक्नुभयो, केहीले गर्दै हुनुहुन्छ । मेरो धारणा कोही पनि नेपाली यहाँ पूर्णकालिन पत्रकार भएर बाँच्न सक्ने अवस्था अझै तयार भएको छैन । मुख्यपेशा अरुनै बनाएर साइडमा यसो समाचार, लेख लेखेको भरमा पत्रकारिताको तलतल मेट्नुपर्ने अवस्था धेरै साथीहरुको हो । त्यसो हुँदा नेतृत्व लिनका लागि माथापच्ची गरिरहन जरुरी ठान्दिन म । सर्वसम्मत, सर्वमान्य, सबैलाई स्विकार्य, सबैलाई समेटेर जानसक्ने व्यक्तिहरुलाई नेतृत्वमा ल्याउँ भन्ने मेरो धारणा हो । म लगायत केही साथीहरुको सर्वसम्मत नेतृत्व चयन गर्ने अधिकतम प्रयास हुनेछ । 

नेजाको सदस्यता वितरणमा गैर पत्रकार हावी भए भन्ने आरोप छ नि ?
– त्यसरी पनि नभनिहालौं । धेरै साथीहरु विधान अनुसारनै प्रवेश गर्नुभएको छ । हाम्रो विधान अलिकति उदार पनि छ । नेजाको विधानको धारा ४(१) ले सदस्यताको संबन्धमा स्पष्ट व्यबस्था गरेको छ । त्यस अनुसार नेपालमा पत्रकारिता गरेर यता अमेरिका आएको, अमेरिकामा पनि पत्रकारितामा संलग्न रहेको वा विश्वविद्यालयमा पत्रकारिता अध्ययन गरिरहेको जोसुकैले पनि साधारण सदस्यता लिन पाउने प्रावधान छ । धेरै साथीहरु यही धारा अनुसार सदस्य हुनु भएको छ । 
तर छिटपुट रुपमा मैले पनि सुनेको छु–गैर पत्रकारलाई सदस्यता दिइयो भन्ने गुनासो । केही सदस्यहरुको नाम हेर्दा त्यस्तो लाग्छ पनि । पत्रकारितासँग आइनो, साइनो केही नभएकाहरु समेत छन् सदस्यहरुको सूचिमा भनेर साथीहरुले भन्दै आउनुभएको छ । त्यस्ता सदस्यता पाउनुभएका केही साथीहरुलाई व्यक्तिगत रुपमा म चिन्दिन पनि । यदी त्यस्ता साथीहरुलाई सदस्यता दिइएको छ भने त्यसले गलत नजीर बस्नसक्छ । सदस्यताको सन्दर्भमा अलिकति विधान कडानै हुनुपर्छ । हिजोका दिनमा कार्यसमितिमा बस्ने मान्छे नपुग्ने अवस्थामा बनाइएको उदार विधानलाई यतिखेर हरेक राज्यमा शाखा स्थापनाको गर्दा समेत पुग्ने सदस्य भइसकेको स्थितीमा परिमार्जन आवश्यक छ । गैर पत्रकारलाई रोक्ने उपाय भनेको विधानमा कडाई गरेरैमात्र हो ।

नेजाको वर्तमान कार्यसमितिको कार्यकाललाई कसरी हेर्नुभएको छ ?
–  म नेजामा आवद्ध भएको सन् २०१३ देखिमात्र हो । त्यसअघि सन् २०१० मा रोयटर्सको आर्थिक पत्रकारिता तालिमको सिलसिलामा दुई साता वासिङटन डिसीमा रहँदा नेजाका संस्थापक र तत्कालिन कार्यसमितिका साथीहरुसँग अन्तरकृया भएको थियो । म नेजाका संस्थापकदेखि लिएर यसबीचमा कार्यसमितिमा रहनुहुने थुप्रै अग्रज÷साथीहरुलाई निकै नजिकबाट पनि जान्दछु । दुई वर्षअघि ह्युस्टनमा भएको अधिवेशन निकै दुखद् रह्यो । नेतृत्व चयनका सवालमा विमति राख्दै केही साथीहरु संस्थाबाटै बाहिरिनुभयो । उहाँहरुलाई वर्तमान कार्यसमितिले सदस्यता नविकरण गराउने, सकृय बनाउनेतिर सोच्नुपर्नेथियो । त्यसमा केही कमि कमजोरी भएको छ । अर्को कुरा नेजाको लक्ष्य, उद्वेश्य भनेको नाचगान, बजान, मेला, रत्यौली हुँदै होइन । सदस्यहरुको क्षमता विस्तार, अमेरिकी सरकारका निकायहरुसम्म पहुँच, अवसरको खोजीमा कार्यसमिति सकृय हुनुपर्नेथियो । त्यसमा पनि मैले कमजोरी देखेको छु । 
यद्यपी कार्यसमितिबाट संस्थालाई सकृय र जीवन्त राख्ने क्षेत्रमा भने केही कामहरु भएका छन् । त्यसका लागि वर्तमान अध्यक्ष, महासचिव लगायत सिंगो टिम धन्यवादको पात्र हुन् ।

तर छिटपुट रुपमा मैले पनि सुनेको छु–गैर पत्रकारलाई सदस्यता दिइयो भन्ने गुनासो । केही सदस्यहरुको नाम हेर्दा त्यस्तो लाग्छ पनि । पत्रकारितासँग आइनो, साइनो केही नभएकाहरु समेत छन् सदस्यहरुको सूचिमा भनेर साथीहरुले भन्दै आउनुभएको छ । त्यस्ता सदस्यता पाउनुभएका केही साथीहरुलाई व्यक्तिगत रुपमा म चिन्दिन पनि । यदी त्यस्ता साथीहरुलाई सदस्यता दिइएको छ भने त्यसले गलत नजीर बस्नसक्छ । सदस्यताको सन्दर्भमा अलिकति विधान कडानै हुनुपर्छ । हिजोका दिनमा कार्यसमितिमा बस्ने मान्छे नपुग्ने अवस्थामा बनाइएको उदार विधानलाई यतिखेर हरेक राज्यमा शाखा स्थापनाको गर्दा समेत पुग्ने सदस्य भइसकेको स्थितीमा परिमार्जन आवश्यक छ । गैर पत्रकारलाई रोक्ने उपाय भनेको विधानमा कडाई गरेरैमात्र हो ।

अमेरिकामा रहेका नेपाली पत्रकारले भोग्नुपरेका समस्या के के हुन् ?
– मैले माथिनै पनि भनिसके–अमेरिका अवसरको भूमि हो । तपाईसँग क्षमता छ भने तपाईका लागि सबै ढोका खुल्ला छन् । तर हामी नेपालमा नेपाली भाषाको सञ्चारमाध्यममा काम गरेर आएका पत्रकारका निम्ति पहिलो समस्या भनेकै अंग्रेजी भाषामा ‘कमाण्ड’ नहुनु हो । त्यही भएर हामीमध्य धेरै नेपालमा स्थापित पत्रकार भएरपनि अमेरिकी मुलधारको पत्रकारितामा आपूmलाई संलग्न गराउन सकेका छैनौं । उही समाजसेवाको एउटा पाटो भन्ने कि नेपालको ह्याङओभरलाई मेट्ने तलतललाई पुरा गर्न यहीबाट नेपाली पत्रिका निकालेर हुन्छ या अनलाईनमार्फत हुन्छ हामीमध्य धेरैले आपूmलाई संलग्न गराउँदै आएका छौं । नेपाली समुदाय अमेरिकामा निकै सानो वर्ग हो । हामीले अमेरिकी सरकारबाट पाउने धेरै अवसर र सुविधासम्म पहुँच राख्न सकेका छैनौं । 

नेजाालाई एकपक्षले वहिष्कार गरेको कुरा पनि आइराखेको छ नि ?
– वहिष्कारै त नभनौं । जो साथीहरुले सदस्यता नविकरण गराउनुभएन, सदस्यता लिनका लागि योग्य हुनुहुन्थ्यो उहाँहरु नआउनुभएको पक्कै हो । मैले जो जो साथीहरु सदस्यता नविकरण गराउनुभएन, सदस्यता लिन सकृय देखिनुभएन । उहाँहरुसँग जिज्ञासा राख्दा धेरैनै गुनासो राख्नुभयो । केहि साथीहरुको भनाई छ–संस्थालाई भँजाएर व्यक्ति बन्ने प्रवृत्ति हावी भयो । कोही साथीहरुको गुनासो छ–सदस्यहरुलाई समेत गुमराहमा पारेर कार्यक्रम गर्ने, पारदर्शी नहुने पद्धती संस्थामा हावी भइराखेको छ । 
संस्था भएपछि समस्याहरु आउँछन् । तिनलाई नेतृत्वले समाधान गर्दैजानुपर्छ । त्यही भएर यसपटकको अधिवेशनमा हामीले चुनाव बिनानै सर्वसम्मत, पत्रकारितामा राम्रो छवी बनाएका व्यक्तिहरुलाई ल्याउँ भन्ने अभियानमा लागेका छौं । जसले नेजाप्रति निष्कृय रहेका साथीहरुलाई समेत समेटेर ल्याउन सकोस् । हामी यस्तो टीमको कसरथमा लागेका छौं । 

नेतृत्वमा तपाईको पनि नाम केही अनलाइनहरुमा आएको छ नि ?
– मैले अघिनै भनेँ– म भन्ने कुरा गौण हो । नेजामा हामी भनेर अघि बढ्नुपर्छ । साथीहरुले नेतृत्वमा आउनुपर्छ भनेर प्रस्ताव राख्नुभएको छ । हुनत अघिल्लो पटक ह्युस्टनको अधिवेशनमै पनि मलाई साथीहरुले प्रस्ताव गर्नुभएको थियो । मैले त्यतिखेर भनेको थिए–‘भरखर साधारण सदस्य भएको छु । मलाई संस्था बुझ्न, जान्न कम्तिमा पनि दुई वर्ष समय लाग्छ ।’ चुनाव हुने वर्षनै सदस्यता लिने र कार्यसमितिमा उम्मेदवारी दिइहाल्ने संस्कार मलाई चाँही मन पर्दैन । त्यही भएर मैले त्यतिखेर कार्यसमितिमा उम्मेदवारी दिएको थिइन । यसपटक साथीहरुले प्रस्ताव गर्नुभएको छ । मैले उम्मेदवारी दिने मनस्थिती बनाइसकेको छैन । वातवरण लसएन्जलसले तय गर्नेछ । गतिलो अध्यक्ष, पदाधिकारी सहितको कार्यसमिति चयन हुन सकेन भने कार्यसमितिमा रहनु पनि पीडाको विषय हुन्छ । तर अध्यक्ष सहित पदाधिकारी सक्षम र सम्मानित व्यक्तिहरु चयन हुनसके भने नेजाको साधारण सदस्य हुनुमा पनि गर्व गर्ने अवस्था हुन्छ । 

जो साथीहरुले सदस्यता नविकरण गराउनुभएन, सदस्यता लिनका लागि योग्य हुनुहुन्थ्यो उहाँहरु नआउनुभएको पक्कै हो । मैले जो जो साथीहरु सदस्यता नविकरण गराउनुभएन, सदस्यता लिन सकृय देखिनुभएन । उहाँहरुसँग जिज्ञासा राख्दा धेरैनै गुनासो राख्नुभयो । केहि साथीहरुको भनाई छ–संस्थालाई भँजाएर व्यक्ति बन्ने प्रवृत्ति हावी भयो । कोही साथीहरुको गुनासो छ–सदस्यहरुलाई समेत गुमराहमा पारेर कार्यक्रम गर्ने, पारदर्शी नहुने पद्धती संस्थामा हावी भइराखेको छ । 
संस्था भएपछि समस्याहरु आउँछन् । तिनलाई नेतृत्वले समाधान गर्दैजानुपर्छ । त्यही भएर यसपटकको अधिवेशनमा हामीले चुनाव बिनानै सर्वसम्मत, पत्रकारितामा राम्रो छवी बनाएका व्यक्तिहरुलाई ल्याउँ भन्ने अभियानमा लागेका छौं । जसले नेजाप्रति निष्कृय रहेका साथीहरुलाई समेत समेटेर ल्याउन सकोस् । हामी यस्तो टीमको कसरथमा लागेका छौं । 

अबको नेजा नेतृत्वले कस्ता कार्यक्रम अघि बढाउनुपर्ने देख्नुहुन्छ ?
– मुल कुरा यहाँ भएका सबै नेपाली मिडियाकर्मीलाई समेट्न जरुरी छ । नेपालमा लामो समय, जीवनको उर्जाशील समय पत्रकारितामा बिताएकाहरु छन् अमेरिकामा । नेपालका प्रतिष्ठित मिडियामा, माथिल्लो पदमा काम गरेकाहरु छन् तपाई हाम्रो समुदायमा । उहाँहरु सबैलाई हामीले समेट्नसक्नुपर्छ । ‘नेजा हाम्रै हो’ भन्ने अवस्था बनाउन जरुरी छ । अर्को कुरा हाम्रो कर्मभूमिको सरकारसँग अवसरको खोजीमा पनि नेजाले अब ध्यान दिनुपर्छ । नेपालबाट कलाकार ल्याएर नाचगान, रत्यौली गर्ने संस्थाको लक्ष्य, उद्वेश्य होइन । हामी ‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भनेझै हिडिरहेका छौं । 

अन्त्यमा तपाईलाई लागेको कुनै कुरा ?
– मैले धेरैनै भनिसके । नेजामा आवद्ध सबै साथीहरु लसएन्जलसमा भेटौं । बाहिरिएका साथीहरुलाई भित्राउने, नसमेटिएका साथीहरुलाई समेट्ने, गुनासो रहेका साथीहरुका गुनासा सुनिदिने, सबैलाई समान व्यबहार गर्नसक्ने, सम्मानित व्यक्तिहरुलाई नेजाको नेतृत्वमा ल्याउँ । यसो गर्नसकेमा नेजाले अहिलेको स्वरुपबाट आफुलाई फरक रुपमा चिनाउनसक्नेछ । 
 

प्रतिकृया दिनुहोस