Monday, December 18 , 2017| सोमबार, पौष ३, २०७४ |
सपना देख्नु पक्कै नराम्रो होइन
शनिबार, पौष २५, २०७२ ११:५९:०० | Comments

बुद्धिलाल तामाङ
हाल, क्यानाडा

हावाबाट बिजुली निकाल्ने कुरा हावादारी कुरा होइन। वहादारी कुरा त यो हो कि नेपालमा त्यसको सम्भाव्यता छ कि छैन त्यो थाहा नहुदै हावाबाट बिजुली निकालेर एक बर्षमै लोड सेडिंग हटाउने कुरा। घर घरना ग्यासको पाइप लाइन जोड्ने कुरा पनि हावादारी कुरा होइन। बिकसित देशहरुमा त्यस्तै छ। नेपालमा हुन् सक्दैन भन्ने होइन। सपना देख्नु पक्कै नराम्रो होइन। तर घर घरमा पाइप लाइन पुर्याउनु भाषण गरेको जस्तो सजिलो पक्कै छैन होला। यो योजना सफल पार्न कसिएर लागे पनि दशकौ लाग्न सक्छ।

अहिलेको बेला भनेको ठुला ठुला पुर्याउन नसक्ने कुरा९गफ० गर्ने बेला होइन। जनतालाई अहिले निभेको चुलो बाल्नु छ। सकिन्छ भने सार्थक वार्ता गरेर नाकाबन्दी खुलाउ। कालो बजारी हटाउ। गर्न सकिने कुरा गरेर देखाउ। राजनेता हो भने काम गरेर देखाउ। गफ गरेर नै सब थोक हुन्छ भन्ने विश्वास छ भने त हार्मो भन्नु केहि छैन।

प्रतिकृया दिनुहोस