Saturday, October 21 , 2017| शनिबार, कार्तिक ४, २०७४ |
वैदेशिक रोजगार
मंगलबार, भाद्र २७, २०७४ ००:००:००| Comments
म्यानपावरले कामदारसँग नगद कारोबार गर्न नपाउने
२७ भदौ, काठमाडौं । संशोधन हुन लागेको वैदेशिक रोजगार ऐनको मस्यौदाले अन्तिम रुप पाएको छ । मस्यौदालाई फाइनल गर्न बनेको कार्यदलले शनिबार काम सकेको हो । नयाँ प्रस्तावित ऐनमा म्यानपावरबाट हुने कारोबार पूर्ण रुपमा बैंकिङ माध्यमबाट हुनुपर्ने व्यवस्था उल्लेख छ । यो व्यवस्थापछि लिखित रसिद काटेर कामदारसँग रकम बुझ्ने अवस्था अन्त्य हुनेछ ।   प्रस्तावित ऐन जस्ताको त्यस्तै पारित भए म...
सोमबार, भाद्र २६, २०७४ ००:००:००| Comments
१ करोड धरौटी राख्ने तयारी गरेपछि म्यानपावर व्यवसायी आन्दोलनमा
काठमाडौँ, २६ भदौ । ६ बुदेँ माग राखेर म्यानपावर व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । नयाँ म्यानपावर खोल्न १ करोड रुपैयाँ धरौटी राख्ने श्रम मन्त्रालयको तयारीपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् । ईजाजत पत्र वाला व्यवसायीहरुको धरौटी रकम २०६४ को ऐनमा व्यबस्था भए अनुरुप यथावत हुनुपर्ने उनीहरुको पहिलो माग छ । श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगा...
शुक्रबार, भाद्र ९, २०७४ ००:००:००| Comments
वैदेशिक रोजगार सुधार्न फिलिपिन्सबाट सिक्नेकी !
धरम के.सी.   आर्जन र बिप्रेषण   फिलिपिन्स र नेपाल दुबै मुलुकबाट लगभग उत्तिकै संख्या (२२/२५ लाख) बैदेशिक रोजगारमा रहेको तथ्यांक देखिन्छ ।  तर स्वदेशमा पठाउने रेमिटान्समा भने झण्डै ३ गुणाको फरक पाइन्छ । गतः बर्ष सन २०१६ मा फिलिपिन्सले २५ अर्ब डलर (रू. २५ खर्ब भन्दा बढी) बिप्रेषण  पायो भने नेपालले रू. ९ खर्ब मात्र भित्राएको देखिन्छ । प्रबास...
मंगलबार, साउन ३१, २०७४ ००:००:००| Comments
बैंकबाटै पैसा नपठाए कोरियाको पुनः श्रमस्वीकृति नपाइने
काठमाडौं । वैदेशिक रोजगारीका क्रममा कोरियामा हुनुहुन्छ ? कमाएको पैसा बैंकिङ च्यानलमार्फत घर पठाउनु भएको छैन भने फेरि फर्केर कोरिया जान पाइने छैन । सन् २०१८ जनवरी १ देखि पुनः श्रमस्वीकृति लिँदा बैंकबाट रकम पठाएको प्रमाण पेश गर्नुपर्ने भएको छ । यस्तो प्रमाण पेश गर्न नसक्ने व्यक्तिको श्रमस्विकृति जारी नहुने र वैदेशिक रोजगारीमा जान नसक्ने ईपीएस कोरिया शाखाले जनाएको...
मंगलबार, आषाढ २७, २०७४ ००:००:००| Comments
अनलाइन श्रम स्वीकृति प्रणालीको प्रयोगले लामो लाम बस्नुपर्ने झन्झट हट्यो
किरण भट्टराई काठमाडौँ, २७ असार । वैदेशिक रोजगारीमा जाने कामदारको पूर्व र अन्तिम श्रम स्वीकृति अनलाइन प्रणालीमार्फत दिन शुरु गरिएपछि सेवाग्राही लामो लाम बस्नुपर्ने यसअघिको झन्झट हटेको छ ।  वैदेशिक रोजगार विभाग, काठमाडौँ कार्यालय श्रमग्राम, ताहाचलमा श्रम स्वीकृतिका लागि अनलाइन प्रणाली ल्याइएपछि लाम लाग्नुपर्ने बाध्यता हटे पनि अन्य समस्या हट्न सकेको छैन ।  अनलाइनबाट...
शनिबार, आषाढ २४, २०७४ ०२:५६:४२| Comments
'रोहन गुरुङ समुहको जीत सुनिश्चित भईसकेको छ'
काठमाडौं ।  नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी असार ३० गते हुन गइरहेको निर्वाचनमा 'संयुक्त व्यवसायिक समुह'को विजय सुनिश्चित भइसकेको वरिष्ठ वैदेशिक रोजगार व्यवसायी तथा दि रिभर ओभरसिजका अध्यक्ष रघुनाथ पुरीले बताएका छन् ।  प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका सल्लाहकार समेत रहेका पुरीले आम वैदेशिक रोजगार व्यवसायीले भोग्नुपरेका विभिन्न खालका समस्याको स...
शुक्रबार, आषाढ २३, २०७४ ००:००:००| Comments
१३ हजारलाई वैदेशिक रोजगारीको परामर्श
त्रिशूली(नुवाकोट), २२ असार । वैदेशिक रोजगारलाई सुरक्षित बनाउनका लागि जिल्ला प्रशासन कार्यालय, सूचना तथा परामर्श केन्द्रले १३ हजार पाँच सय ३१ जनालाई सुरक्षित वैदेशिक रोजगारको सूचना तथा परामर्श प्रदान गरेको छ ।  जिल्ला समन्वय समितिको समन्वयमा स्थापित सुरक्षित वैदेशिक रोजगारी परियोजनाले वैदेशिक रोजगारीमा जाने महिला तथा पुरुषलाई परामर्श दिँदै आएको छ । वैदेशिक रोजगारमा थप नयाँ...
बिहीबार, आषाढ २२, २०७४ २१:११:१८| Comments
अमेरिकाबाट विमल ढकाल समुहलाई जिताउन आव्हान
६ जुलाई, न्यूयोर्क । वरिष्ठ वैदेशिक रोजगार व्यवसायी एवं नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सल्लाहकार ज्ञानप्रसाद गैरेले संघको आगामी नेतृत्वका लागि असार ३० गते हुन गईरहेको निर्वाचनमा विमल ढकाल समुहलाई अत्यधिक मतले विजयी गराउन आम व्यवसायीलाई आव्हान गरेका छन् ।   लायन्स क्लब स्थापनाको १ सय पुगेको अवसरमा अमेरिकाको सिकागोमा जून ३० देखि ४ जुलाइसम्म भएको अन्तर्राष्ट्र...
बिहीबार, चैत्र २४, २०७३ ००:००:००| Comments
अब खाडी मुलुक घुम्न जान नपाइने
काठमाडौँ । गृह मन्त्रालयले पर्यटक प्रवेशाज्ञा (भिजिट भिसा) मा खाडी क्षेत्रका देशहरू जान रोक लगाएको छ ।मानवतस्करले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन, प्रहरी र विभिन्न एयरलाइन्सका कर्मचारीलाई आर्थिक प्रलोभन (सेटिङ) मा पारी भिजिट भिसामा खाडी मुलुक पठाएको गुनासो आएपछि गृहले भिजिट भिसामा कसैलाई पनि खाडी मुलुक नपठाउन अध्यागमन विभागलाई निर्देशन दिएको हो ।...
शनिबार, चैत्र १९, २०७३ ००:००:००| Comments
वैदेशिक रोजगार तामाङ समाज गठन हुँदै
काठमाडौं । वैदेशिक रोजगार ब्यवसायमा आबद्ध तामाङ व्यवसायीहरुको राष्ट्रिय भेला हुने भएको छ । यही चैत २३ गते चाबहिल स्थित रहेको नव दुर्गा पार्टी प्यालेसमा बृहत् राष्ट्रिय भेला हुन लागेको हो । राष्ट्रिय भेला आयोजना गरि ‘वैदेशिक रोजगार तामाङ समाज’ गठन गर्ने भएको हो । चैत ७ गते मिनप्रसाद तामाङको संयोजकत्वमा २१ सदस्यीय आयोजक भेला समिति गठन भएको छ । उक्त भेलाको सम्पूर्ण तयारी पुरा भइसक...