Saturday, October 21 , 2017| शनिबार, कार्तिक ४, २०७४ |
सूचना/प्रविधि
मंगलबार, आश्विन ३१, २०७४ ००:००:००| Comments
तिहार र छठका लागि नेपाल टेलिकमको अफरै अफर
काठमाडौं । नेपाल टेलिकमले नेपालीहरुको दोस्रो ठूलो चाड तिहार र छठको अवसरमा बिभिन्न छुट तथा बोनस उपलब्ध गराएको छ । टेलिकमले दिएको जानकारी अनुसार जीएसएम र सीडीएमए प्रिपेड मोवाइलमा रिचार्ज गर्दा १० प्रतिशत बोनसको व्यवस्था गरिएको छ । यो अफर कात्तिक १ देखि १५ गतेसम्मका लागि हो । त्यस्तै जिएसएम प्रिपेड तथा पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याक अन्तर्गत एक सय रुपैयाँमा ...
आइतबार, साउन २९, २०७४ ००:००:००| Comments
मंगलबारसम्म टेलिकमको एसएमएस सेवा निःशुल्क
काठमाडौं, २९ साउन । नेपाल टेलिकमले देशभर आफ्नो नेटवर्कमा हुने एसएमएस सेवा निःशुल्क गरेको छ । बाढी पहिरोले सञ्चार सम्बन्धमा असजता आएपछि टेलिकमले यस्तो घोषणा गरेको हो । अब देशभर म्यासेज पठाउँदा कुनै शुल्क लाग्ने छैन । आइतबारदेखि लागू भएको यो ब्यवस्था ३१ गते मंगलबारसम्म लागू हुने टेलिकमका सह-प्रवक्ता सोभन अधिकारीले जानकारी दिए । उनले बाढी र पहिरो पीडितलाई ध...
बिहीबार, आषाढ २९, २०७४ ००:००:००| Comments
चुहावट रोक्दा विद्युत प्राधिकरणलाई २ अर्ब फाइदा
काठमाडौँ, २९ असार । अहिले पनि तराईका जिल्लामा ठुलो मात्रामा बिजुली चोरी हुने गरेको छ । त्यहाँ ५५ देखि ६० प्रतिशतसम्म बिजुली चुहावट हुने गरेको छ । जनकपुर क्षेत्रीय कार्यालय अन्तर्गत पर्ने जिल्लाहरुमा अधिक मात्रामा बिजुली चुहावट हुने प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी बताउँछन् । उनका अनुसार सिरहा र सप्तरीमा अधिक मात्रामा बिद्युत चोरी हुने गरेको छ । यहाँ हुकिङ गरेर ब...
बिहीबार, आषाढ २९, २०७४ ००:००:००| Comments
एनसेलसँग कर असुलउपर गर्न संसदीय समितिको निर्देशन
काठमाडौँ, २९ असार । व्यवस्थापिका–संसद् सार्वजनिक लेखा समितिले निर्धारण भएको एनसेलको पूँजीगत लाभकर तत्काल असुलउपर गर्न अर्थमन्त्रालयलाई निर्देशन दिएको छ ।  समितिको आजको बैठकले ठूला करदाता कार्यालयले यही असार १३ गते एनसेलको लाभकर रु ६० अर्ब ७१ करोड निर्धारण गरेकाले सो रकम तत्काल असुल गरी त्यसको जानकारी समितिलाई गराउन निर्देशन दिएको हो ।  समितिले एनसेल कतिपटक बिक...
सोमबार, आषाढ ५, २०७४ ००:००:००| Comments
एनसेलले १५ सहरमा फोरजी सेवा सञ्चालनमा ल्याउदैँ
काठमाडौँ, ५ असार । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले अबको सात महिना भित्रमा देशको १५ प्रतिशत जनसंख्यालाई फोरजी सेवामा पहुँच दिने जनाएको छ । कम्पनीले सरकारबाट चौथो पुस्ताको फोरजी सेवा संचालनका लागि अनुमति पाएपछि आक्रामकरुपमा सेवा विस्तारको योजना सार्वजनिक गर्दै सो कुरा बताएको हो ।
आइतबार, पौष १७, २०७३ १३:४५:००| Comments
नेपाल टेलिकमको फोर जी सेवा सञ्चालनमा​
काठमाडौं, १७ पुस । नेपाल टेलिकमले आइतबारदेखि मोबाइलमा चौथो पुस्ताको डाटा इन्टरनेट सुविधा अर्थात फोर जी सेवा सञ्चालनमा ल्याएको छ । आइतबार एक कार्यक्रमकाबीच सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले फोर जी सेवाको सुरुवात गरेका हुन् । काठमाडौं उपत्यका र पोखराबाट सुरु भएको फोर जी सेवा सूचारु गर्न जीएसएम पोष्टपेड प्रयोगकर्ताले स्टार४४४ हृयास डायल गर्नुपर्नेछ ।
शुक्रबार, आषाढ १०, २०७३ ००:००:००| Comments
भाइबरले नेपालमा लगानी गर्ने
काठमाडौं । सामाजिक मिडिया एप्समध्ये एक भाइबरले नेपालमा लगानी गर्ने जनाएको छ । भाइबरका लागि नेपाल एक प्राथमिक बजार भएकाले भविष्यमा थप लगानी गर्न र नवीन अफरहरु ल्याउन इच्छुक रहेको भाइबर साउथ एसियाका क्षेत्रीय प्रमुख अनुभव नैय्यरले बताए ।
शुक्रबार, जेठ २१, २०७३ ००:००:००| Comments
एनसेलबाट अविलम्व कर उठाउन अर्थ समितिको निर्देशन
काठमाडौं । व्यवस्थापिका संसदको अर्थ समितिले एनसेलबाट अविलम्ब कर असुल्न नेपाल सरकारलाई निर्देशन दिएको छ । अर्थ समितिको शुक्रवार बसेको बैठकले यस्तो निर्देशन दिएको हो । समितिले कर नतिरेसम्म पूँजी बृद्धि तथा नयाँ व्यवसायीक योजना ल्याउन एनसेललाई रोक्न समेत सरकारलाई निर्देशन दिएको छ । ‘ एनसेलबाट कर असुल गरेपछिमात्र व्यवसायीक योजना स्वीकृति गर्न समिति निर्दिष्ट गर्छ ’ निणर्यमा भनिएको ...
शनिबार, बैशाख १८, २०७३ १७:१०:३६| Comments
काठमाडौँ, १८ वैशाख । विद्युत्को माग दैनिक बढिरहेका बेला चुहावटबाट मात्रै १८० मेगावाट खेर गइरहेको जनाई नेपाल विद्युत् प्राधिकरणले चुहावट नियन्त्रण अभियान सञ्चालन गरिरहेको छ । वैशाख महिनाभरि सञ्चालन हुने अभियानका आधारमा थप रणनीति तय गरिने र र चुहावट तथा चोरीलाई कुनै न कुनै रुपमा कमी ल्याइने प्राधिकरणको योजना छ ।
सोमबार, पौष ६, २०७२ ००:००:००| Comments
एक्सिएटा कम्पनीले १ खर्ब ४० अर्बमा किन्यो एनसेल
काठमाडौं । टेलियासोनेरा नेपाली मोवाईल सेवा प्रदायक कम्पनी एनसेलमा रहेको आफ्नो ६० दशमलब ४ प्रतिशत शेयर एसियाकै ठूलो दूरसंचार कम्पनी मध्येको एक एक्सिएटालाई एक अर्ब तीन करोड अमेरिकी डलरमा बिक्री गर्न सहमत भएको छ ।